बिहीबार, असार ३२, २०८३

एन्फा अध्यक्ष कर्मा स्वाफको सदस्यमा निर्वाचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) को सदस्यमा निर्वाचित भएका छन्।

साउदी अरबको जद्धाहमा अगस्ट १२ मा बसेको स्वाफको पहिलो बैठकले शेर्पालाई सदस्यमा निर्वाचित गरेको हो । सदस्यमा निर्वाचित भएससँगै नेपालले अब नेपालले साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा आबद्दता जनाउनेछ। यसअघि नेपाल महादेशिय स्तरमा एसियन फुटबल फेडेरेसन (एएफसी) र साउथ एसियन फुटबल फुटलब (साफ) मा आबद्धता रहेको थियो।

स्वाफको बैठकमा नेपालबाट अध्यक्ष कर्माछिरिङ शेर्पासहित महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष वीरबहादुर खड्का उपस्थित थिए।

साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा १४ देशले सहभागिता जनाएका थिए। जसमा नेपाल सहित भारत, पाकिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलङ्का, बहराइन, साउदी अरब, कुबेत, इराक, यमन, युएई र ओमान रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।