मंगलबार, साउन २६, २०८३

सांसद गुरुङ भन्छिन्- प्रहरीले 'सलाम' नै गरेन

प्रतिनिधि सभाको बैठकमा सांसद रेणुका गुरुङले प्रहरीले आफूलाई 'सलाम' नगरेको गुनासो समेत गरेकी छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा सांसद रेणुका गुरुङले प्रहरीले आफूलाई 'सलाम' नगरेको गुनासो समेत गरेकी छन्। 

'माननीय भनेको सवैले मान्ने भन्ने व्यक्ति बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ,' उनले भनिन्।

उनले सांसदलाई कानुन निर्माण गर्न वातावरण चाहिनेसमेत बताइन्। सांसद सजीव प्राणी एकाले भोक र तिर्खा लाग्ने बताउँदै उनले भनिन्, 'क्यान्टिन गयो खाजा ल्याउन ढिलाइ हुन्छ। पानी खान गयो कहिले पानी हुँदैन, कहिले गिलास हुँदैन। कहिले तातोपानी हुँदैन। लापरबाही छ।'

उनले शौचालय पनि सफा नरहेको बताइन्। शौचालयमा भुइँभरि पानी हुने गुनासो गरिन्। संसद भवन सांसदहरूको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने माग गरिन्।

प्रकाशित: Jun 10, 2022| 12:11 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...