काठमाडौं- नेकपा एमाले सांसद महेश बस्नेतले सरकारले जनतालाई मूल्य वृद्धिको उपहार दिएको भन्दै व्यंग्यात्मक रुपमा बधाई दिएका छन्।
‘सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। जनता भोकै मर्नु पर्ने गरी सरकारले चालेको यो कदमका लागि प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हार्दिक बधाई छ,’ उनले भने।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै फेरि लामो समय विकास बजेट खर्च नहुने अवस्था देखिएको बताए। निर्माण व्यवसायीले भुक्तानी नै नपाएका कारण अब विकास नै नहुने अवस्था सिर्जना हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
भक्तपुरसँग मन्त्री र प्रधानमन्त्रीको झगडा परेको उनको भनाइ थियो। भक्तपुरलाई विगतमा छुट्टाइएको रकम पनि कटौती भएको उनले असन्तुष्टि जनाएका थिए।