मंगलबार, साउन २६, २०८३

सांसद विकको प्रश्न- के यो सरकारलाई सधैँ 'अप्रिल फुल' हो?

सांसद विमला विकले किसानले मल खोज्दा मल नपाएको र आफूहरूले मन्त्री खोज्दा मन्त्री नभेटाएको प्रतिक्रिया दिएकी छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- सांसद विमला विकले किसानले मल खोज्दा मल नपाएको र आफूहरूले मन्त्री खोज्दा मन्त्री नभेटाएको प्रतिक्रिया दिएकी छन्। 

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद विकले किसान मल नपाएर निकै समस्यामा  रहेको बताएकी हुन्।

'किसान मल खोज्दैमा हैरान छन्, हामी मन्त्री खोज्न। न किसानले मल भेटे, न हामीले मन्त्री,' उनले भनिन्, 'किसानले मल पाउँछन् कि पाउँदैनन्?' उनले किसानले मल नपाउने हो सीमा पारिबाट टाउकोमा मल बोकिरहेका जनतालाई दु:ख नदिन आग्रह गरेकी छन्।

'किसानले मल पाउँदैनन् भने सीमा पारिबाट टाउकोमा बोकेर ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस्। त्यसरी ल्याएको मलबाट धान बढी फल्दा हाम्रो कुशल व्यवस्थापनले उत्पादन बढ्यो भनेर यही सरकारले भन्ने छ,' उनले भनिन्।

यसका साथै सांसद विकले सात दिन पहिले सरकारले पेट्रोलियम पदार्थमा १० रुपैयाँ घटाएको बताए पनि अहिले १२ रुपैयाँ बढाएर जनताको ढाड सेक्ने काम गरेको बताएकी छन्।

'हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्य १२ रुपैयाँ बढायौँ भन्यो। केही दिन पहिले आइतबार सार्वजनिक बिदा हो भन्यो।

केही दिनपछि बिदा होइन होइन भन्यो। यो सरकारलाई सधैँ अप्रिल फुल हो? म सरकारलाई प्रश्न सोध्न चाहन्छु,' उनले भनिन्।

प्रकाशित: Jun 10, 2022| 11:55 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...