सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डाचारामको हत्यारा पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

डाचारामको हत्यारा पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। 

National life

शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरिराजमणि पोखरेलले महोत्तरीको भंगाह नगरपालिका-५ र ६ नम्बर वडाका ३७ जनाभन्दा बढी व्यक्ति चर्को मिटर ब्याजका कारण प्रताडित भएको बताएका छन्।

उनले यसका साथै देशका अन्य भागमा पनि गरिब जनता मिटर ब्याजको मारमा परेको बताए। उनले मिटर व्याजको समस्या सप्तरीको मात्र नभएर देशकै समस्या भएकाले सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए।

गृह मन्त्रालयले मिटर ब्याजलाई अपराधको सूचीमा सामेल गरे पनि त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन कानुन, पुलिस र अदालत तयार नभएको प्रतिक्रिया दिएका छन्।

'मिटर ब्याजको आन्दोलनमा सर्लाहीका डाचाराम यादव सक्रिय थिए। प्रतिगमन विरोधी आन्दोलनको क्रममा उहाँको रहस्यमय मृत्यु भयो। नेपाल सरकारले सिआइवीमार्फत अनुसन्धान गरे पनि औपचारिकता मात्रै पुरा भयो। कानुनका ज्ञाताले यसमा सरकारको लगत कट्टा गर्ने मनसाय देखिन्छ,' उनले भने। यस घटनाका विषयमा सत्यतथ्य पत्ता लगाउने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न उनले माग गरेका छन्।

Shivam cement

प्रकाशित: Jun 10, 2022| 11:25 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...