शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम भारत जाँदै

दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम भारत जाँदै

मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोली आज (शुक्रबार) बिहान त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोली आज (शुक्रबार) बिहान त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

National life

भारत जाने टोलीलाई बिहीबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाइ गरिसकेका छन्। त्यसपछि नेपाली टिम भारत जान लागेको हो।

टोलीलाई बिदाइ गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झँदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना व्यक्त गरेका छन्।

प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरी १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरी २३ सदस्य रहेका छन् ।

जुन १४ देखि २२ सम्म हुने प्रतियोगितामा खेलाडी तर्फ वर्षा के.सी. (१३ वर्ष), झरना के.सी. (१४ वर्ष), एन्जीला राई (१५ वर्ष), शर्मिला वाइबा (१७ वर्ष), वर्ष बुढा मगर (५० केजी), पुष्पका लामा (५५ केजी), अरिका गुरुङ (६८ केजी माथि), सुरोज राजबाहक (१५ वर्ष), शाहिल घले (१६ वर्ष), रूपक श्रेष्ठ (१७ वर्ष), सम्मान श्रेष्ठ (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी०)सुरेन्द्र तामाङ (६८ केजी), पासाङ ग्याल्जेन थोकर (७५ केजी), सञ्जय महर्जन (८४ केजी माथि) रहेका छन्।

Laxmi sunrise bank
kumari

यस्तै व्यवस्थापकमा सञ्जय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रि तर्फ विकास राजवाहक, गोविन्द श्रेष्ठ, नवीन महर्जन, दिनेश तामाङ रहेका छन्।

प्रकाशित: Jun 10, 2022| 08:11 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।