शनिबार, मंसिर ६, २०८२

पहिलो पटक स्वयंसेवक प्रशिक्षकलाई तालिम

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिवृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिवृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ।

National life

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिवृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो। राखेपका सदस्य–सचिव टंक लाल घिसिङले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

प्रशिक्षणमा विभिन्न १२ खेलका ३३ स्वयंसेवक प्रशिक्षकको सहभागिता रहेको हाइ पर्फमेन्स कमिटीका सचिव हिमालराज दाहालले जनाएका छन्।

सहभागीलाई रिता प्रजापतिले स्ट्रेन्थ एन्ड कन्डीसनिङ, सुलोचना सिजाख्वाले साइकोलोजी, हीरा पन्तले ट्रनिङ मेथड, डा. ज्ञानेन्द्र शाहले स्पोर्ट्स मेडिसिन र एन्टी डोपिङ तथा हिमालराज दाहालले डिटीपी र एज ग्रुप ट्रनिङ सम्बन्धी प्रशिक्षण दिने छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले स्वयंसेवक प्रशिक्षकलाई पनि राखेपले अन्य प्रशिक्षक झैँ उत्तिकै महत्त्व दिने गरेको महसुस गराउन पहिलो पटक तालिम आयोजना गरिएको बताउँदै खेलाडी उत्पादनमा स्वयंसेवक प्रशिक्षकको पनि ठूलो योगदान रहेको धारणा व्यक्त गरे।

Laxmi sunrise bank
kumari

तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले स्वयंसेवक प्रशिक्षकलाई पनि अवसर दिनु तालिमको उद्देश्य रहेको बताउँदै स्वयंसेवक प्रशिक्षकको स्तरवृद्धिमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। तालिम आइतबार सम्पन्न हुनेछ।

प्रकाशित: Jun 10, 2022| 08:02 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।