सोमबार, असार ८, २०८३

राप्रपाले थप चार विभाग प्रमुख तोक्यो

अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार विभागका प्रमुख तोकेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्।

National life

उपाध्यक्ष रोशन कार्कीले स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

ज्वाला संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ। निरन्जन थापाको संयोजकत्वमा रहेको विवाद समाधान तथा छानबिन समितिले पनि पूर्णता पाएको छ।

धुलिखेलमा हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिले यो समिति बनाएको थियो। उक्त समितिमा महामन्त्री प्रल्हादप्रसाद शाह सदस्य सचिव र ऋषिबाबु परियार, सरस्वती केसी अधिकारी र राजु बस्नेत सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jun 10, 2022| 07:45 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...