शनिबार, मंसिर ६, २०८२

नेसन्स लिगमा पोर्चुगल र स्पेनको जित, बराबरीमा रोकियो नर्वे

युरोपमा जारी यूईएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनले जित निकलेका छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- युरोपमा जारी यूईएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनले जित निकलेका छन्। बिहीबार राति स्विट्जरल्यान्डको मैदानमा सम्पन्न भएको खेलमा पाहुना टिम स्पेनले घरेलु टिमलाई १–० गोलले हराएको हो।

National life

स्विट्जरल्यान्डलाई हराउन स्पेनका पावलो सराबियाले खेलको १३औं मिनेटमै गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल नभएपछि ६६ प्रतिसत बल पोसेसन राख्दै स्पेनले जित निकालेहो हो।

पराजित भए पनि स्विट्जरल्यान्डले ७ पटक स्पेनको पोस्टतर्फ प्रहार गरेका थियो। तर गोल गर्न भने सकेन।

यता, पोर्चुगेलले भने घरेलु मैदानमा चेक रिपब्लिकलाई २–० गालले हराएको छ। पोर्चुगललाई जित दिलाउन बर्नान्डो सिल्वाको पासमा जोआ क्यान्सेलो र गोन्कालो गुडेसले गोल गरेका थिए। यि दुवै खेलाडीले पहिलो हाफमा गोल गरेका हुन्।

गएरातिकै खेलमा सर्बियाले स्विडेनमाथि १–० को जित निकालेको छ भने नर्वे स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, ग्रिसले साइप्रससँग ३–० को हार बेहोरेको छ।

प्रकाशित: Jun 10, 2022| 07:35 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।