शनिबार, मंसिर ६, २०८२

ओमनसँग नेपाल १३ रनले पराजित

अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमनसँगको खेलमा नेपाल १३ रनले पराजित भएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमनसँगको खेलमा नेपाल १३ रनले पराजित भएको छ। बिहीबार राति भएको नेपालको आफ्नो पहिलो खेलमा ओमनसँग १३ रनको हार बेहोरेको हो।

National life

टस हारेर बलिङको निम्तो पाएको नेपालले पहिलो पारीबाट २१२ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई बल बाँकी रहँदै सम्पूर्णविकेट गुमाएर १९८ रनमा समेटिएपछि ओमनले जित निकालेको हो।

ओमनको जितका लागि जिसन मक्सुद र खवार अलिले समान ३–३ विकेट लिए भने बिलाल खानले दुई विकेट लिएका थिए।

त्यस्तै, एक विकेट लिनेमा आयन खान रहे। त्यसक्रममा नेपालको ओपनिङ बलियो रहन सकेन। सुनिल धमला १२ रनमै आउट भए भने सुवास खकुरेलले पनि ३ रन मात्र बनाउन सके।

नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखको खुट्टामा चोट लागेपछि उनीहरू अहिले मैदान उत्रन सकेका छैनन्। यता मध्यक्रममा देव खनालले ३४ रन बनाउँदा आरिफ शेखले ६६ रनको योगदान दिएका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, रोहित पौडेलले २० रन बनाए पनि नेपालाई जित दिलाउन त्यो रन पर्याप्त रहेन। पहिलो पारीमा ओमनले आठ विकेट गुमाएर २११ रनक जोडेको थियो। त्यसक्रममा जिसन सक्सुदले अविजित १०४ रनको सतकिय पारी खेलेका थिए। उनले १२६ बलमा १२ चौकाको सहयोगमा सो रन जोडेका हुन्।

त्यस्तै, खवार अलिले पनि ३० रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसीले पाँच विकेट गिराएका थिए। करणले १० ओभर बलिङ गर्दै ३८ रन दिएर पाँच विकेट लिएका हुन्।

नेपालले अबको खेलमा अमेरिकासँग खेल्ने छ। परल्यान्ड मैदानमा सो खेल भोलि राति सवा ९ बजेबाट सुरु हुनेछ।

प्रकाशित: Jun 10, 2022| 07:14 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।