काठमाडौं- नेपालका लागि स्पेनमा नवनियुक्त राजदूत जोस मारिया रिदाओ डोमिगुइजले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन्।
नवनियुक्त राजदूत जोस बिहीबार परराष्ट्रमन्त्री खड्कालाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार दुबै पक्षले आर्थिक क्षेत्र, जलवायु परिवर्तन, संस्कृत र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहकार्यको महत्वबारे छलफल भएको बताइएको छ।
परराष्ट्रमन्त्री खड्काले कोरोना महामारी नियन्त्रणमा स्पेनले गरेको सहयोगप्रति परराष्ट्रमन्त्री खड्काले धन्यवाद व्यक्त गरेका थिए।