काठमाडौं- रेडियो नेपालमा लामो समय काम गरेका पत्रकार हरिशरण लामिछानेले पनि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। लामिछानेले बिहीबार आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै आफूले संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बताएका हुन्।
उनले 'परिवर्तन सम्भव छ' भन्ने स्टाटसमा थप लेखेका छन्, 'तीन दशकभन्दा लामो सञ्चारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ। 'परिवर्तन सम्भव छ' भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु।'
उनले सबैको साथ र समर्थनमा नै यो अभियनमा होमिने बताएका छन्। बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा गर्ने पनि उनले बताएका छन्।
उनले करिब ३० वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए।३० वर्षीय सेवा अवधि पूरा गर्दा समाचार शाखा प्रमुखको रुपमा थिए।