मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दाहाल र नेपालले भेटे प्रधानमन्त्री, मन्त्री हेरफेर र चुनावको मितिबारे छलफल

दाहाल र नेपालले भेटे प्रधानमन्त्री, मन्त्री हेरफेर र चुनावको मितिबारे छलफल

तीन नेताबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति र गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमासमेत कुराकानी भएको बताइएको छ। उनीहरुबीच दिउँसो तीन बजेदेखि दुई घण्टाभन्दा बढी छलफल भएको बालुवाटार स्रोतको भनाइ छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठनका विषमया शीर्ष नेताहरुबीच छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।

तीन नेताबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति र गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमासमेत कुराकानी भएको बताइएको छ। उनीहरुबीच दिउँसो तीन बजेदेखि दुई घण्टाभन्दा बढी छलफल भएको बालुवाटार स्रोतको भनाइ छ। 

एकीकृत समाजवादीले आइतबार नै आफ्ना मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री देउवासमक्ष नाम बुझाएको थियो। बाहिरिने मन्त्रीहरुकै असन्तुष्टि र बजेटमाथिको छलफल जारी रहेको भन्दै देउवाले अध्यक्ष नेपाललाई केही दिन पर्खिन आग्रह गरेका थिए।

समाजवादीले मन्त्री हेरफेर गर्न सिफारिस गरेपछि कांग्रेस, माओवादी र जसपामा पनि हेरफेर हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ। तीन दलमा मन्त्रीका आकांक्षीहरुले नेतृत्वलाई दबाब बढाएका छन्।

माओवादीका नेता वर्षमान पुनले मन्त्री हेरफेर गर्नुपर्ने आवाज पार्टीमा चर्को रुपमा उठेको बताइसकेका छन्। सरकारमा सहभागी हुने विषयमा जसपामा पनि मतभेद तीव्र छ। 


प्रकाशित: Jun 09, 2022| 17:56 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...