ब्राजिल- ब्राजिलियन स्टार तथा विश्वकप विजेता रोनाल्डो क्या मिस अस्पताल भर्ना भएका छन्। उनलार्इ निमोनिया भए पछि अस्पताल भर्ना भएका हुन्।
४१ बर्षीय पुर्व स्टार खेलाडी रोनाल्डोले शुक्रबारबाट सन्चो नभएको भन्दै ट्वीट गरेका थिए। तर, सोमबार सम्म सन्चो हुने आशा रहेको बताएका थिए भने उता क्यान मिस अस्पतालका प्रवक्ताले गोपनियताका कारण कुनै जानकारी दिन असमर्थन भएको बताएका छन्।
२००२ को विश्वकप फाइनलमा जर्मनीलाई हराउदै ब्राजिलका लागि ६२ गोल गरेका थिए। पुर्व रियल मड्रिड स्टार रोनाल्डोले बार्सिलोना, इन्टरमिलान र एसी मिलानबाट समेत खेलेका थिए। उनले ट्वीट मार्फत आफ्ना प्रशंसकहरुले देखाएको माया प्रति धन्याबाद समेत दिएका छन्।
रोनाल्डोले दुई पटक ला लिगा रियलबाट र युइएफए कप इन्टरबाट उपाधि जितेका थिए । ब्राजिलले १९९४ मा विश्वकप जित्दा उनी टिमका सदस्य थिए। तर, उनले खेलेका थिएनन्। उनले १९९८ मा ब्राजित फाइनल पुग्दा महत्वपुर्ण भुमिका खेलेका थिए । उनी १९९७ र २००२ मा विश्वका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४