शनिबार, जेठ ५, २०८१

रुस–युक्रेन युद्धको विरोध गर्ने एक रसियन समलिंगी खेलाडीको कथा

जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो, त्यतिबेला केहीमात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।
 |  शुक्रबार, जेठ २७, २०७९

बीबीसी

बीबीसी

शुक्रबार, जेठ २७, २०७९

नाजा करपोवाको पहिलो पूरा नाम हो– नाजियज्दा। रसियन भाषामा नाजियज्दाको अर्थ ‘आशा’ भन्ने लाग्छ। उनले आफ्नो गालाको अघि त्यहि शब्दको सानो एउटा ट्याटु बनाएकी छन्। जब उनी २१ वर्षकी भइन्, उनले त्यो ट्याटु बनाइन्। तर अहिले उनलाई सम्झना छैन कि त्यतिबेला उनले के आशा गरेकी थिइन्। र, त्यो ट्याटु बनाएकी थिइन्। अहिले चाहिँ उनलाई थाहा भइसक्यो कि त्यो शब्दको वास्तविक महत्त्व रहेछ।

triton college

जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो त्यतिबेला केहि मात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।

रसियन फुटबलमा केटाहरुको टिमबाट ड्यानामो मस्कोका फेडोर स्मोलोवले ‘नो वार’ लेखेर इन्स्टाग्राममा पोस्ट गरेका थिए। त्यसपछि उनी मौन छन्। स्पार्टाक मस्कोका अलेक्जेन्डर सोबोलेवले सामाजिक सञ्जालको ‘माइ डे’ मा त्यस्तै पोस्ट गरे पनि केहि घण्टापछि हटाएका थिए।

करपोवा जो अहिले स्पेनको एस्पानोयलबाट क्लब फुटबल खेलिरहेकी छन्, उनी चाहिँ यसरी बोल्ने तेस्रो खेलाडी हुन्। रसियन महिला टिमको एकमात्र खेलाडी जसले अहिले युद्धको विरुद्धमा आवाज उठाइरहेकी छन्। उनले हरेक दिन यसरी नै बोलिरहेकी हुन्छिन्।

तीन महिनाअघि युद्ध सुरु हुँदा उनले इन्स्टाग्राममा युद्धविरोधि सन्देशहरु जारी गरिरहेकी हुन्थिन्। जहाँ उनको एक लाख ४३ हजार फलोवर छन्। ‘म यस्तो अमानवियता हेरेर नबोलि बसिरहन सक्दिनँ,’ उनले भनेकी छन्, ‘यदि म स्पेनमा नभएर रसियामा थिएँ भने के हुन्थ्यो मलाई थाहा छैन तर म यो कुरा बोल्नका लागि उत्तरदायि छु जस्तो लागेको छ।’

corrent noodles
Metro Mart

करपोवासँग बीबीसीले बार्सिलोनामा अन्तर्वार्ता गरेको थियो जहाँ सन् २०१७ देखि बसिरहेकी छन् २७ वर्षे फुटबलर। उनले रसियाको टिमबाट २४ पटक अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्। त्यसमा उनले पाँच वर्षअघि अन्तिम पटक खेलेको युरोपियन च्याम्पियनसप पनि रहेको छ।

जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो त्यतिबेला केहि मात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।

अब उनीहरुको अर्काे चरणको खेल आउँदो जुलाइ ६ देखि ३१ तारिखमा रहेको छ। तर अब त्यहाँ रसियन टिम हुनेछैन। किनभने उनीहरु अहिले प्रतिबन्धमा छन्। त्यो रसियाले युक्रेनमा युद्ध गरेको काणले नै भएको हो।

अहिले उनको ध्यान नै रसिया युक्रेन युद्धमा छ। किनभने यसको विरोध गर्दा उनी आफ्नो अघि के भइरहेको त्यो कुरासमेत चाल पाउँदिनन्। यो युद्धले रसियाका खेलाडीलाई त्यति गहिरोगरी चोट दिएको छ।

यद्यपि उनी आफूले बोलेका शब्दहरुसँग सजग देखिन्छिन्। तर यसो भन्दैमा उनी उनी आफैंलाई ‘सेन्सर’ राखिरहन भने सक्दिनन्। किनभने अहिले रसियाले युद्ध र आर्मीको बारेमा गलत प्रचारप्रसार गर्नेहरुको लागि १५ वर्षसम्मको जेल सजाय गर्ने नियम बनाएको छ।

यति हुँदाहुँदै पनि उनी उनी त्यसविरुद्ध बोल्न डराउँदिनन्। र, रसियन एथलिटबारे उनी खुलेर कुरा गर्न रुचाउँछिन्। जब समय अघि बढ्दै जान्छ, उनी युद्धको विषयमा थप गहिरिएर बोल्दै जान्छिन्। ‘रसियन प्रोपागान्डाले अहिले आफ्नो जनतालाई हामी सबैभन्दा विषेश छौं भनेर देखाउन खोजिरहेको छ। र, उसले पूरा विश्व नै आफ्नो फरक मिसनको विरुद्धमा छ भन्ने सन्देर प्रवाह गर्न खोजिरहेको छ,’ उनले भनेकी छन्।

तर त्यो नयाँ मिसन भनेको के हो उनलाई थाहा छैन। उनी भन्छिन्, ‘मलाई लाग्दैन कि रसियन विशेष छन्। त्यसै समयमा म आफूलाई रसियन भनेर चिनाउनका लागि लाज मान्नुपर्छ भन्ने पनि लाग्दैन। किनभने रसिया भनेको भ्लादिमिर पुटिन र त्यहाँको सरकार मात्र होइन,’ करापोवा अगाडि भन्छिन्, ‘पुटिनले हामीबाट सबैथोक छिनेका छन्, उनले हाम्रो भविष्य खोसे। त्यहि समयमा उनले यो सबै हाम्रो मौन सहमतिमै गरेका छन्। सरकारले उतिबेला कडा प्रतिरोधको सामना पनि गर्नु परेन। धेरै मानिसहरु त यो अन्याय देखेर पनि आफ्नो आँखा चिम्लिरहेछन्। सोचिरहेका छन् कि यो तिनीहरुको काम नै होइन।’

अहिले उनको ध्यान नै रसिया युक्रेन युद्धमा छ। किनभने यसको विरोध गर्दा उनी आफ्नो अघि के भइरहेको त्यो कुरासमेत चाल पाउँदिनन्। यो युद्धले रसियाका खेलाडीलाई त्यति गहिरोगरी चोट दिएको छ।

त्यस्तै, जसले रसियाको यो प्रोपागान्डालाई यद्धको संज्ञा दिइरहेका छन्। उनीहरु पनि रसियाको ‘होस्टाइल’ भइहेको करापोवाको तर्क छ। जो यसको सिकार भएका छन्। होस्टाइल भएकासँग करपोवाले माफी मागेकी छन्। त्यस्ता व्यक्तिहरुलाई रसियाको प्रोपागान्डाको सिकार हुनबाट बच्नका लागि सबैले मिलेर सहयोग गर्नुपर्न उनको तर्क छ।

जब उनी स्पेन पुगेकी थिइन्, त्यतिबेला उनी २२ वर्षकी थिइन्। उनलाई भ्यालेन्सियाले धेरै अफर गरेको थियो। युरो २०१७ पछि उनी त्यता लागेकी हुन्। तर उनले त्यो युरोपा आफ्नो देशबाट तीन पटक मात्रे खेल्न पाएकी थिइन्। त्यो पनि पहिलो रोजाइमा भने थिएन।

एक वर्षअघि उनी लियोनेल मेस्सीबाट पनि समर्थन पाएकी खेलाडी हुन्। नौ युवा फुटबलरमध्ये अर्जेन्टिनाको टिमसँग एडिडासको विज्ञापनमा फिचर गर्नका लागि छनोट भएकी थिइन्।

अहिले करपोवाको मुख्य कुरा भनेको त्यहाँको महिला फुटबबलको स्तरलाई मेन्टेन गर्नु नै त हो। तर जाडो यामामा रसियामा फुटबलको माहोल त्यति रोमाञ्चक हुँदैन। अझ भनौँ खेल्नै नसक्ने हुन्छ। तर स्पेनमा सरेपछि आधारभूत पक्षहरुमा परिवर्तन पाएकी छन्।

‘म केहि कुराहरुमा डराउन छोडेँ, जस्तै बोल्नका लागि,’ उनले भनिन्, ‘म त्यो पनि बुझ्छु कि कसैले पनि म केटीसँग बस्ने कुरामा औंला उठाउन सक्दैन र मलाई लेस्बियन हुनबाट रोक्न सक्दैन।’ स्पेनी भाषामा जीवनसाथीलाई ‘परेजा’ भनेर सम्बोधन गर्ने गरेका छन्। अंग्रेजीमा त्यसलाई पार्टनर भनेको पनि पाइन्छ। ‘यदि म रसियामा हुन्थेँ भने मेरो बोइफ्रेन्डको कुरा मात्र हुन्थ्यो। तर यहाँ ‘तिम्रो गर्लफ्रेन्ड खेल हेर्न आउँछिन्?’ भनेर सोध्नका लागि प्रशिक्षकलाई पनि छुट छ,’ उनले जीवनमा घटनालाई तुलनात्मक बयान गरेकी छन्।

सानैबाट उनले आफ्नो समलिङ्गी भावलाई लुकाउनु पर्यो। कमै साथीलाई मात्र उनको त्यो सत्यबारे थाहा भयो। पछि उनले भनेकी थिइन्। व्यावसायिक फुटबल थालिसकेपछि रोस्सियान्का क्लबका अध्यक्षले उनका पितालाई पत्र लेखेर करपोवालाई लेस्बियन भएकोमा विशेष हेरचाह गर्न अनुरोध गरेका थिए। यसबारे उनी भन्छिन्, ‘उनीहरुका अनुसार लेस्बियनलाई विशेष प्रकारको व्यवहार गरिनु पर्छ। म १८ वर्षको भएपछि मेरो बुवाले त्यो मानिसलाई खेदाएका थिए। पछि चाहिँ उनी मेरो फुटबलबारे मात्र कुरा गर्नका लागि राजी भए।’

उनले स्पेन र रसियामा एलजीबीटीबारे धारणा फरक भएको पनि बताएका छन्। सन् २०१३ मा नयाँ नियम आएसँगै रसियामा समलैंगिकताको प्रचारप्रसार गर्न बन्देज लगाइएको थियो। त्यस्तै, त्यसको विरोध गर्दै रसियामा ‘होमोसेक्सुआलिटी’ले मान्यता नपाउने भएपछि सीमान्त मात्रमा रहेका समलिङ्गीलाई रसियाको तथाकथित परम्पराले अवरोध गरेको बताएका थिए। अहिलेसम्म पनि रसियाको राष्ट्रिय टिममा कुनै ‘गे’ खेलाडी पाइएको छैन। करपोवाले पनि खुला रुपमा आफू समलिङ्गी भएको बताएकी छैनन्। उनले आफ्नी आमालाई पनि एक वर्षअघि मात्र भनेकी हुन्।

‘यो कसैका लागि गोप्य छैन कि गेहरुका लागि उनीहरु कोठरीमा रहन्छ,’ उनले भनिन्, ‘समाजले जज गर्ने डर त्यहाँ भएका कारण र जब तपाईंलाई अरुले जिस्काउन थाल्छ त्यो कुरा बेतुक लाग्छ।’

सानैबाट उनले आफ्नो समलिंगी  भावलाई लुकाउनु पर्यो। कमै साथीलाई मात्र उनको त्यो सत्यबारे थाहा भयो। पछि उनले भनेकी थिइन्। 

उनी थप्छिन्, ‘अहिले पनि रुसी युद्धको विरोधमा बोल्न मानिसहरुबारे रसियाले व्यक्तिगत तहमा उत्रिएर विरोध गरिरहेको छ।’ यसरी गरिने विरोधमा करपोवा मात्र परेकी छैनन्। एक मार्गरेट सिमोन्यन पनि परेका छन्। उनी आउटलेटका सम्पादक हुन्। म्याक्सिम गल्किन्स चाहिँ कमेडियन र कार्यक्रम प्रस्तोता हुन्। उनीहरु पनि युद्धको विरोधमा छन्। मानिसको यसरी प्रचार गर्नु अझैसम्म पनि अशोभनिय मानिँदै आएको छ। मार्चमा करपोवा एस्पानोयलमा जोडिएकी थिइन्। उनी त्यहाँ युक्रेनकी अर्की स्ट्राइकर तामिलिया किमचीको साथमा छिन्।

‘जब म उनीसँग पहिलो पटक भेट भएँ। उनले मलाई सावधानीपूर्वक हेरेकी थिइन्,’ करपोवाले भनिन्, ‘लाग्थ्यो उनलाई विश्वास थिएन कि म यो युद्धको विरोधमा बोलिरहेको छु।’ ‘म रुन चाहन्थें। म उनको परिवार र साथीहरुलाई सम्झिरहेको हुन्थेँ। यदी उनीहरु ठिक छन् भने पनि मलाई ठूलो असहजता पैदा हुन्थ्यो कि तामिलियाले आफ्नो प्रेमी गुमाउन सक्नेछिन्,’ करपोवा भन्छिन्, ‘म मेरा भावनाले अभिभुत भइरहेको हुन्थेँ। कतिपय अवस्थामा त मलाई विश्वास पनि लागिरहेको हुँदैन कि यो भइहेको छ। त्यसमाथि अहिले पनि भइरहेकै छ।’

तामिलियाको सबै परिवार सुरक्षित रहेको थाहा पाएपछि करापोवालाई केहि शान्ति त छ। तर हजारौँ मानिसले ज्यान गुमाएका छन्। हजारैं युक्रेनी नागरिक अहिले पनि खतराको सूचीमा छन्। र पनि युद्ध चलिरहेको छ, थाहा छैन कहिले अन्त्य हुने हो।

त्यसैले अहिले उनी ढुक्क छिन् कि उनको अहिलेको काम रसियासँग जोडिएको छैन। यद्यपी उनी रसियाको सबैभन्दा प्रोफेसनल खेलाडीको तालिकामा भने पर्छिन्। तर उनले अब आफ्नो घर फर्किने योजनालाई भने स्थगित गर्नुपर्ने भएको छ।

अझैसम्म पनि उनी परिवर्तनको आशा गरिरहेकी छन्। ‘म आशा गर्छु कि धेरै रसियन जो यस युद्धको विरुद्धमा छन् उनीहरु बोल्नेछन्। त्यसपछि थाहा हुनेछ रसियामा नै यो युद्धको विरोधमा धेरै मानिस छन्,’ उनले युद्धको विरुद्धमा बोल्नका लागि आह्वान गरेकी छन्।

उनले मौन रहने समय सकिएको पनि बताएकी छन्। उनलाई विश्वास छ, एकदिन यो सरकारको पनि समय सकिने छ। सरकारमा बसेकाहरु बूढा हुनेछन्। जब यो हुन्छ युद्धका विरोध गर्नेहरु पनि बाँचिरहेका हुनेछन्। अनि सबै कुरा समाधान हुनेछ। ‘मलाई विश्वास छ यो चाँडै हुनेछ,’ उनी आफ्नो नामजसरी नै आशावादी देखिन्छिन्।

- बीबीसीबाट भावानुवाद

प्रकाशित: Jun 10, 2022| 07:24 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।