सोमबार, असार ८, २०८३

प्रतिवेदन भन्छ- स्थानीय निर्वाचनमा हरेक कोणबाट कांग्रेस पहिलो दल

स्थानीय तह निर्वाचन २०७९ मा हरेक कोणबाट नेपाली कांग्रेस पहिलो दल बनेको कांग्रेसको अध्ययनले देखाएको छ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्र नभएर हरेको कोणबाट कांग्रेस पहिलो बनेको उसको भनाइ छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौंस्थानीय तह निर्वाचन २०७९ मा हरेक कोणबाट नेपाली कांग्रेस पहिलो दल बनेको कांग्रेसको अध्ययनले देखाएको छ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्र नभएर हरेको कोणबाट कांग्रेस पहिलो बनेको उसको भनाइ छ। 

National life

वडाध्यक्ष पदमा आफ्नो दललाई सबैभन्दा बढी मत आएको दाबी कांग्रेसको छ। वडाध्यक्ष पदमा कांग्रेसले ३८ लाख ८३  हजार १३८ मत पाएको उल्लेख छ। यो एमालेले पाएको भन्दा १ लाख ७५ हजार ७६ मत बढी हो। यसअघि एमालेले वडाध्यक्ष पदमा आफ्नो दललाई सबैभन्दा बढी मत आएको दाबी गर्दै आएको थियो। 

वडाध्यक्षको मत गणना गर्दा विजयी, प्रत्यासी र तेस्रो स्थानसम्म आएकालाई मात्र गणना गरिएको प्रतिवेदनमा लेखिएको छ। 

कांग्रेसले ३२९ पालिकाको नेतृत्वमा विजयी भएको छ भने ३०१ पालिकाको उपप्रमुख/उपाध्यक्षमा समेत चयन भएको छ। 

कांग्रेस बलियो भएका स्थानमा पनि आन्तरिक कमजारी देखिएकाले कांग्रेसले केही स्थानमा हार्नुपरेको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक कमजोरी व्यवस्थापन चुस्त भएको अवस्थामा र गठबन्धनलाई थप कसिसो बनाएको भए ४५० तह सकिने दाबी प्रतिवेदनमा छ। 

Shivam cement

'महानगर र उपमहानगरको नतिजा सन्तोषजनक भएन। हाम्रो समितिले पार्टीले दिएको जिम्मेवारी अनुसार काम गरेका हौँ। यो प्रतिवेदन तथ्यमा आधारित छ। त्यसकारण पार्टीले यसलाई कार्यान्वयन गर्छ, केन्द्रीय समितिमा यसबारेमा छलफल हुन्छ,' प्रतिवेदन सार्वजनिक गर्दै प्रदीप पौडेलले भने।कांग्रेसले गठन गरेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिले स्थानीय निर्वाचन २०७९ र त्यसको परिणामबारे गरेको अध्ययनले यस्तो देखाएको हो। 

बिहीबार उपसमितिले निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई प्रतिवेदन बुझाएको हो। 

यस्तो छ अध्ययनको निष्कर्ष

प्रकाशित: Jun 09, 2022| 15:07 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...