सोमबार, असार ८, २०८३

वडाध्यक्षमा एमालेभन्दा हाम्रो मत १ लाख ७५ हजार बढी छ : कांग्रेस

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामका विषयमा कांग्रेसको अध्ययनले वडाध्यक्ष पदमा आफ्नो दललाई सबैभन्दा बढी मत आएको दाबी गरेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामका विषयमा कांग्रेसको अध्ययनले वडाध्यक्ष पदमा आफ्नो दललाई सबैभन्दा बढी मत  आएको दाबी गरेको छ। कांग्रेसले गठन गरेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिले स्थानीय निर्वाचन २०७९ र त्यसको परिणामबारे गरेको अध्ययनले यस्तो देखाएको हो। 

National life

निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई उपसमितिका प्रदीप पौडेलले बिहीबार बुझाएको प्रतिवेदनमा कांग्रेसले वडाध्यक्ष पदमा ३८ लाख ८३  हजार १३८ मत पाएको उल्लेख छ। यो एमालेले पाएको भन्दा १ लाख ७५ हजार ७६ मत बढी भएको प्रतिवेदनमा उल्लेख छ। वडाध्यक्षको मत गणना गर्दा विजयी, प्रत्यासी र तेस्रो स्थानसम्म आएकालाई मात्र गणना गरिएको प्रतिवेदनमा लेखिएको छ। 

कांग्रेस बलियो भएका स्थानमा आन्तरिक कमजारी देखिएकाले कांग्रेसले हार्नुपरेको समेत प्रतिवेदनमा उल्लेख छ। यस्तै आन्तरिक कमजोरी व्यवस्थापन गर्न सकेको भए र गठबन्धनलाई थप कसिसो बनाएको भए ४५० तह सकिने दाबी प्रतिवेदनमा छ। 

'महानगर र उपमहानगरको नतिजा सन्तोषजनक भएन। हाम्रो समितिले पार्टीले दिएको जिम्मेवारी अनुसार काम गरेका हौँ। यो प्रतिवेदन तथ्यमा आधारित छ। त्यसकारण पार्टीले यसलाई कार्यान्वयन गर्छ, केन्द्रीय समितिमा यसबारेमा छलफल हुन्छ,' प्रतिवेदन सार्वजनिक गर्दै प्रदीप पौडेलले भने। 

प्रकाशित: Jun 09, 2022| 14:55 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...