मंगलबार, साउन २६, २०८३

मतपरिणामबारे के छ कांग्रेसको अध्ययन? यस्तो छ निष्कर्ष

कांग्रेसले गठन गरेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिले स्थानीय निर्वाचन २०७९ र त्यसको परिणामबारे गरेको अध्ययन निर्वाचन परिचालन समितिलाई बुझाएको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामका विषयमा अध्ययन गरेको छ।

कांग्रेसले गठन गरेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिले स्थानीय निर्वाचन २०७९ र त्यसको परिणामबारे गरेको अध्ययन निर्वाचन परिचालन समितिलाई बुझाएको हो।

समितिका प्रदीप पौडेलले उपसमितिको प्रतिवेदन समिति संयोजक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको हो। 

कांग्रेस कमजोर भएका स्थानमा मात्र  मात्र गठबन्धन गरिएको अध्ययनमा उल्लेख छ। कांग्रेस बलियो भएका स्थानमा आन्तरिक कमजारी देखिएको समेत प्रतिवेदनमा उल्लेख छ। यस्तै आन्तरिक कमजोरी व्यवस्थापन गर्न सकेको भए र गठबन्धनलाई थप कसिसो बनाएको भए ४५० तह सकिने दाबी प्रतिवेदनमा छ। 

'महानगर र उपमहानगरको नतिजा सन्तोषजनक भएन। हाम्रो समितिले पार्टीले दिएको जिम्मेवारी अनुसार काम गरेका हौँ। यो प्रतिवेदन तथ्यमा आधारित छ। त्यसकारण पार्टीले यसलाई कार्यान्वयन गर्छ, केन्द्रीय समितिमा यसबारेमा छलफल हुन्छ,' प्रतिवेदन सार्वजनिक गर्दै प्रदीप पौडेलले भने। 

गत निर्वाचनमा महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाट गरिएको थियो। स्थानीय तहको सुझाव नलिइएको, जबजस्ती भागबण्डा गर्दा परिस्थितिजन्य तालमेल नभएको प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित: Jun 09, 2022| 14:25 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...