मंगलबार, साउन २६, २०८३

अमेरिकी सैनिक अधिकारीको भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउने विषय संसदलाई जानकारी नदिएको भन्दै आपत्ति जनाएका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउने विषय संसदलाई जानकारी नदिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले रक्षा मन्त्रीसँग उक्त प्रश्नको जवाफ मागेका हुन्। उनले भने, ‘भारतीय सेनाका अधिकारीहरूसँगको छलफलपछि उनी नेपाल आउँदैछन् भन्ने सुनिएको छ। के पनि सुनिएको छ भने भ्रमण अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसीप प्रोग्रामको सम्झौताका लागि दबाब दिने कार्यक्रममा केन्द्रीत छ।

केही समयपछि इन्डो प्यासिफिक कमान्डका जोन एक्विन लिनोले पनि नेपाल भ्रमण गर्दै छन्। नेपाली सेनाका सेनापतिले केही समयपछि अमेरिका भ्रमण गर्ने समाचार आएको छ। प्रधानमन्त्रीको पनि अमेरिका भ्रमण हुने सुनिएको छ। अमेरिकी सेनाका अधिकारीको नेपाल भ्रमण र नेपाली सेनाका अधिकारीको अमेरिकी भ्रमणको उद्देश्य र एजेन्डाबारे सरकारले सदनलाई जानकारी गराउनु पर्दैन?

उनले स्टेट पार्नरसीप प्रोग्राम भनेको केहो भन्दै प्रश्नसमेत गरेका छन्। यसको नाममा कतै सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजिएको त होइन भन्दै पोखरेलले शंका व्यक्त गरेका छन्।

प्रकाशित: Jun 09, 2022| 13:37 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...