शनिबार, वैशाख २२, २०८१

बुटवल धागो कारखाना : बजेटमा सधैं अटाउँछ, व्यवहारमा उपेक्षा

दुई वर्षअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि जग्गा, भवन, उपकरण, व्यवसाय लगायतका चलअचल, स्थिर सम्पत्ति ३० वर्षका लागि भाडा–पट्टा बहालमा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो। तर, यो विषय टुंगोमा पुगेन।
 |  बिहीबार, जेठ २६, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, जेठ २६, २०७९

बुटवल– १३ वर्षदेखि पूर्ण रुपमा बन्द रहेको बुटवल धागो कारखाना प्रत्येक वर्षको बजेट भाषणपछि चर्चामा आउँछ। चर्चा जति हुन्छ, काम पनि त्यहि गतिमा भएको भए बुटवल धागो कारखाना उहिल्यै  चलिसकेको हुन्थ्यो। 

triton college

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते संसद् बैठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा बुटवल धागो कारखाना सहित रुग्ण तथा बन्दप्रायः अवस्थाका रहेका उद्योगहरु उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने योजना ल्याएपछि चर्चामा आएको हो। सरकारले प्रत्येकजसो वर्षको बजेटमा रुग्ण र बन्दप्रायः रहेका बुटवल धागो कारखाना सहितका उद्योगहरु सञ्चालन गर्ने योजना अघि सार्दै आएको छ। तर, व्यवहारमा यो कार्यान्वयनमा आएकै छैन। 

अर्थमन्त्री शर्माले बुटवलसहित जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, ओरियण्ट एण्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, विराटनगर जुट मिल, वीरगञ्ज चिनी कारखाना, हेटौंडा कपडा उद्योग उपयुक्त मोडलमा सञ्चालनमा ल्याउने बजेट भाषणमा उल्लेख गरेका छन्। अर्थमन्त्री शर्माले सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोगलाई अनिवार्य गरेका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते संसद् बैठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा बुटवल धागो कारखाना सहित रुग्ण तथा बन्दप्रायः अवस्थाका रहेका उद्योगहरु उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने योजना ल्याएपछि चर्चामा आएको हो। 

बजेट वक्तव्यमा उपयुक्त मोडलमा सञ्चालन गर्ने भने पनि त्यो कुन मोडल (ढाँचा) भन्नेमा सरकार धेरै पटक कन्फ्युज भएको छ। ‘धेरै वर्ष अगाडि खुलेको बुटवल धागो कारखाना सञ्चालनका लागि सबैभन्दा पहिला विज्ञहरुले लाभ र लागतको विस्तृत अध्ययन गर्न जरुरी छ, बजेटमा कुनै राजनीतिज्ञले भन्दैमा कारखाना चल्दैन,’ अर्थविद् मनिकर कार्कीले भने, ‘यहि अवस्थामा बुटवल धागो कारखाना चलाउँछु भन्नु केवल सस्तो लोकप्रियाताका लागि गरिएको राजनीतिक स्टन्ट मात्रै हो।’

उनले बुटवल धागो कारखाना सञ्चालन गर्नेबारेमा एक दशकदेखि बहस र छलफल भए पनि सरकारले अध्ययन अनुसन्धान गरेर निचोडमा पुग्नै नखोजेको बताए। ‘पटक पटक रुग्ण उद्योग चलाउने भनेर बजेटमा आइरहन्छ, तर अहिले यी उद्योगहरुको मेसिन, प्रतिस्पर्धी उद्योगको उत्पादन दर अनि बजार नहेरीकन ३० औं वर्ष पुराना उद्योग सञ्चालन गर्न सकिँदैन,’ कार्कीले भने। उनका अनुसार बुटवल धागो कारखाना सञ्चालन नै गर्ने हो भने विज्ञहरुको टोलीले विस्तृत अध्ययन गरेर नयाँ मोडलमा सञ्चालन गर्न सकिन्छ। 

corrent noodles
Metro Mart

दुई वर्षअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि जग्गा, भवन, उपकरण, व्यवसाय लगायतका चलअचल, स्थिर सम्पत्ति ३० वर्षका लागि भाडा–पट्टा बहालमा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो। तर, यो विषय टुंगोमा पुगेन। अहिले अर्थमन्त्री जनार्दन शर्माले बजेट छुट्याएपछि बुटवल धागो कारखाना सञ्चालनको चर्चा चुलिए पनि कार्यान्वयन हुन नसक्ने विज्ञहरुको तर्क छ। 

२०६६ साल असोजदेखि पूर्ण रुपमा उत्पादन बन्द भएको धागो कारखाना सञ्चालनका लागि प्रत्येक मन्त्रीले नयाँ योजना ल्याउने गरेका छन्। बुटवल क्षेत्रका उद्योगी–व्यवसायीहरुले पनि धागो कारखाना सञ्चालनमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निकै आलोचना पनि गर्छन्। तर, यसको सञ्चालन कसरी गर्ने भन्नेबारेमा सरकारले नै ठोस योजना ल्याउन नसकेपछि निजी क्षेत्र पनि सेलाएको छ। निजी क्षेत्रका उद्योगीहरु बुटवल औद्योगिक क्षेत्रभित्र रहेको १ सय ७३ रोपनी क्षेत्रफलको जग्गामा अन्य उद्योग स्थापनाको दाउमा छन्। 

धागो कारखानाको भौतिक संरचना र जग्गामा धागो कारखाना बाहेक अन्य पनि उद्योग सञ्चालन गर्नुपर्ने उद्योगीहरुको धारणा देखिन्छ। सरकारले समेत स्पष्ट रुपमा कसरी चलाउने भन्ने योजना ल्याउन नसकेको बेलामा निजी क्षेत्रले मात्रै पनि धागो कारखाना सञ्चालन गर्न सक्ने अवस्था नरहेको बुटवलका उद्योगी तथा तत्कालिन समन्वय समितिका संयोजक नवराज श्रेष्ठले बताए। उनका अनुसार सरकार र निजी क्षेत्रको सझेदारीमा मात्रै धागो कारखाना सञ्चालन हुन सक्ने अन्यथा सरकार वा निजी क्षेत्र एक्लैले सञ्चालन गर्न सक्दैन।

उनले तत्कालिन समयमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र राष्ट्रिय उद्योग व्यापार संगठनले ५–५ करोड उठाएर धागो कारखानालाई थप परिमार्जन सहित सञ्चालनको प्रस्ताव लगेको बताए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले बुटवल धागो कारखाना सञ्चालन सरकारले गर्न नसक्ने बताए। ‘यदि धागो कारखाना सञ्चालन गर्ने हो भने निजी क्षेत्रलाई दिनुपर्छ, तर यहि मेसिन र यहि अवस्थामा सञ्चालन हुन सक्दैन,’ उनले भने। 

यसरी बन्द भयो कारखाना 

२०३९ साल चैत २ गते बुटवल धागो कारखाना स्थापना भएको थियो। तर व्यावसायिक उत्पादन भने २०४८ मंसिरबाट शुरुवात भएको हो। उद्योगको दैनिक उत्पादन क्षमता १० टन उत्पादन भए पनि ७ टनमात्रै हुने गरेको कारखानाका कार्यालय प्राविधिक प्रमुख डोलराज शर्माले बताए। उत्पादन २०६४ फागुनबाट बन्द भए पनि मजदुरलाई भने २०६६ असोज १ गते पेअफ मार्फत विदा गरिएको थियो। उद्योग बन्द भएपछि ४ सय १६ कर्मचारीलाई बिदा गरिएको थियो। कर्मचारी विदा गर्दा ४७ करोड २२ लाख ४५ हजार रूपैयाँ खर्चिएको थियो। अहिले मेशिन बेवारिसे छन्। 

कारखानाको सुरक्षा दंगा प्रहरीले गरेको छ। कार्यालयमा एक जना प्रमुख, ४ जना सुरक्षाकर्मी र सहायक स्तरका एक कर्मचारी उद्योग विभागमा छन्। सयौंलाई रोजगारी दिन सक्ने बुटवल धागो कारखाना सञ्चालन भए यसले अर्थतन्त्रमा ठूलो सहयोग गर्ने प्रमुख शर्माले बताए। अहिले उनी कार्यालय समयमा आउने हाजिर गर्ने र फर्कने काम मात्रै गर्दै आएका छन्। ‘बजेटमा आउने कुरा नयाँ होइन, तर कारखाना सञ्चालन गर्न यो मेशिनले काम गर्दैन,’ उनले भने। मेसिनमा जाने बिजुली काटिएको छ। 

नेपालगन्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने अनि हेटौंडामा कपडा उत्पादन गरी बजार पठाउने उद्देश्यले कारखाना सञ्चालनमा ल्याएको हो। तत्कालिन राजा वीरेन्द्रले मुलकलाई आत्मनिर्भर बनाउन यी उद्योग स्थापना गरेका थिए। 

हेटौँडा कपडा उद्योगका कपडा सेना, प्रहरी आदिलाई लक्षित गरेर तयारी गर्ने गरिएको थियो। यहाँ उत्पादन भएको बुटवलको धागो हेटौँडामा मात्रै होइन, भारतसम्म पुग्थ्यो। सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने अभियान थाल्दा सयौंले रोजगारी पाउने उद्योग भने बन्द छन्। 

प्रकाशित: Jun 09, 2022| 13:20 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।