मंगलबार, साउन २६, २०८३

संसद्‍मा उठ्यो जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग

नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजीलाई दिन प्रस्ताव गरेकी छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजीलाई दिन प्रस्ताव गरेकी छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामाले जनक शिक्षा सामग्रीले किताब छापेर दिने जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै  जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने धारणा राखेकी हुन्।

'कक्षा ६ र आठको पुस्तकको अभाव छ। किन पुस्तकको अभाव भयो? जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्,' उनले भनिन्। उनले समयमै पुस्त छाप्न नसक्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो? भन्दै प्रश्न गरेकी छन्। 

'यस्तो संस्थालाई सरकारले पैसा किन दिइरहने? खारेज गरौं,' उनले भनिन्। यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनुपर्ने उनको धारणा थियो

'बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो?,' उनले प्रश्न गरिन्, 'कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ।' 

प्रकाशित: Jun 09, 2022| 12:03 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...