सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न- सरकार जिम्मेवार र बफादार बन्नुपर्दैन?

कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न- सरकार जिम्मेवार र बफादार बन्नुपर्दैन?

सत्तारुढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारको जिम्मेवारी वफादार नभएको टिप्पणी गरेकी छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारको जिम्मेवारी वफादार नभएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सरकारले किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक नपाउनु जस्ता कुराले सरकारले वफादार नभएको पुष्टी भएको बताइन्।

National life

'नयाँ शैक्षिक सत्र सुरु भयो। पाठ्यपुस्तक छैन। खेती गर्ने बेला भयो। किसानलाई मल छैन। महंगीले ढाड सेक्यो। नागरिकलाई बाच्ने आधार छैन। फोहोरमाथि राजनीति हुन्छ, ढुंगा मुढा हुन्छ,' उनले भनिन्।

उनले स्वच्छ वातावारण नभएको भन्दै चिन्ता व्यक्त गरिन्। हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिदा जनतामा न्याय पाउने आशा नहुनु राज्यका लागि चिन्ताको विषय भएको टिप्पणी गरेकी छन्।

'रोजगारीकै लागि विदेशिनुपर्ने, विप्रेषणले देश चल्ने। तर, उनकै लागि राज्यले केही नसोच्ने कस्तो विडम्बना,' उनले भनिन्, 'सरकार कहाँ छ। जिम्मेवार र बफादार बन्नुपर्दैन?'

प्रकाशित: Jun 09, 2022| 11:49 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...