बिहीबार, चैत १२, २०८२

बार्सिलोनाले चुम्यो स्पेनिस सुपरकपको उपाधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमडौं- बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो ।

बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभिल्लाका लागि पाब्लो सारावियाले गोल गरे ।  बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । 

खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । तर, बार्सिलोनाले त्यसपछि खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा सेभिल्ला पेनाल्टीमा चकेपछि बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भए । इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो । विसाम विन यडरको पेनाल्टी प्रहार बचाउदै गोलरक्षक स्टेगनले आफुले गरेको गल्तीलाई कुनै गल्ती हुन दिएन ।

बार्सिलोनाको यो सिजनको पहिलो उपाधि हो । गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । यस्तै बार्सिलोना स्पेनिस सुपरकप जित्ने सर्वाधिक जित्ने टोली बनेको छ । २२ पटक फाइनल पुगेको बार्सिलोनाको यो १३ औं उपाधि हो । गतवर्ष बार्सिलोना रियल मड्रिडसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।