बिहीबार, मंसिर २७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गण्डकी सरकारको नीति तथा कार्यक्रममा 'खेल्छ गण्डकी'को नारा

नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ-गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ।
 |  बुधबार, जेठ २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

ntc landingntc landing

कास्की- गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए।

himalayan bank box

नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ-गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ। प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ। ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेलमैदान तथा रङ्गशालाको आवश्यकतानुसार सार्वजनिक–निजी साझेदारी नमुना निर्माण तथा स्तरोन्नति गरिने उल्लेख छ।

पोखरा रङ्गशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने गरी कार्यक्रम अघि बढाइने प्रदेश प्रमुख गुरुङले बताए। पोखरा रङ्गशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रममा जोड दिइएको छ।

खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने सरकारको योजना छ।

vianet

गण्डकीमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, भिँडाबारीमा एन्फा प्राविधिक केन्द्र निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने प्रदेश सरकारले जनाएको छ।


प्रकाशित: Jun 08, 2022| 08:25 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।