शनिबार, असार १४, २०८२

निको हुनेभन्दा तीन गुणा बढी कोरोना संक्रमित थपिए

मन्त्रालयका अनुसार ९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, जेठ २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

vianetvianet

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। निको हुनेको संख्या भन्दा ३ गुणाले बढी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा हाल १०७ जना सक्रिय संक्रमित छन् भने निको हुनेको संख्या ९ लाख ६७ हजार १५४ जना पुगेको छ।

प्रकाशित: Jun 07, 2022| 16:47 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्