स्पेन- स्पेन तथा बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकले अन्तर्राष्ट्रिय फुटबल जिवनबाट सन्यास लिने पक्का भएको छ। ३१ बर्षीय जिरार्डले २००९ देखि २०१८ सम्म आफ्नो राष्ट्रिय फुटबल टिम स्पेनका लागि १०२ खेल खेलेका छन्। जसमा पाँच गोल समेत गरेका थिए । उनी स्पेन टिमका लागि एक महत्वपुर्ण खेलाडी थिए।
स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी टिमका लागि एक महत्वपुर्ण खेलाडी थिए। त्यस्तै २०१२ मा युरोपियली च्याम्पियनसिप जित्दा उनले उत्कृष्ट भुमिका निभाएका थिए।
जिरार्ड अक्टोबर २०१६ मा अल्बानियासँग भएको क्वालिफयर खेलबाट आलोचित भएका थिए। यसै आलोचनाबाट उनले विश्वकप २०१८ पछि राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका थिए। तर, उनले विश्वकपबाट स्पेन बाहिरिए पछि तुरुन्तै सन्यासको घोषणा गरेनन्। जहाँ स्पेन शिर्ष १६ मा आयोजक राष्ट्र रुससँग पेनाल्टीमा पराजित भएको थियो।
उनी स्पेनमा एक विभाजित व्यक्ति रहेका छन् । उनले तब आफ्नो निर्णय घोषणा गरे जब पुर्व बार्सिलोनाका प्रबन्धक लुइस इन्रिक स्पेनको म्यानेजरमा नियुक्त भए।
निर्णय धेरै पहिला लिएको र सावधानी पुर्वक सोचेको छु, जिरार्डले भने, ‘मैले केहि दिन पहिला लुइस इन्रिकलाई पनि भनि सकेको छु ।’ उनले थपे, ‘राष्ट्रिय टिमसँग खेल्नु एक सुन्दर समय थियो।
जहाँ मैले विश्वकप र युरोपियन च्याम्पियनसिप जित्ने मौका पाए। अब म बार्सिलोनामा आफ्नो ध्यान केन्द्रित गर्न चाहन्छु।’बार्सिलोनामा केहि बर्ष अझै बाँकि रहेको जिरार्डले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४