बिहीबार, असार ३२, २०८३

मलेसियन प्रिमियर लिग क्रिकेटमा सागर उत्कृष्ट ब्याट्सम्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-नेपाली क्रिकेटर सागर पुन र आसिफ शेखसम्मिलित क्वालालम्पुर मलेसियन प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा केवाङसान युनिभर्सिटीलाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुर च्याम्पियन बनेको हो ।

किन्नरा ओभलमा केवाङसान युनिभर्सिटीले दिएको १ सय २ रनको लक्ष्य क्वालालम्पुरले २५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । क्वालालम्पुरको जितमा नेपालका आसिफले अविजित ३३ तथा सागरले १० रन जोडे । अघिल्ला दुई खेलमा शतक बनाएका सागर फाइनलमा भने सस्तैमा आउट हुन पुगेका थिए । 

यस्तै क्वालालम्पुरको लागि कप्तान अहमेद फैजले ४५ रन जोड्दा भिरणदिप सिंहले १५ रन जोडे । केवाङसान युनिभर्सिटीका मोइनुल इस्लामले २ तथा नाज्रिल रहमानले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केवाङसान युनिभर्सिटीले २६ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो ।

उसका लागि इमामुल मुस्ताकिमले २८, कप्तान फिक्री माक्रमले १२ तथा चे वान जलाटीले १० रन जोडे । नेपाली ब्याट्सम्यान सागर पुन प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडी बने । प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान बनेका सागरले १० खेलमा ४ सय ५२ रन जोडे । सागरले ७ सय मलेसियन रिंगेट प्राप्त गरे । बलिङतर्फ सागरले ९ विकेट लिएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।