आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रोहिणी खोला बस दुर्घटना अपडेट : मृतक ९ मध्ये ५ जनाको सनाखत

रोहिणी खोला बस दुर्घटना अपडेट : मृतक ९ मध्ये ५ जनाको सनाखत

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, जेठ २२, २०७९

बुटवल- भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ।

triton college

दुर्घटनामा परि रुपन्देही तिलोत्तमा नगरपालिका-२ योगिकुटी निवासी ५६ वर्षीय विष्णु पौडेल, बुटवल ११ का ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रुपन्देही ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे र चन्द्रनिहापुर बस्ने २० वर्षीय दिनेश दास रहेका छन्। 

त्यसैगरि दुर्घटनामा परि एक जना भारतीय नागरिक भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको छ। मृतकमध्ये चार जनाको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा डीएसपी नवरत्न पौडेलले बताए। उनका अनुसार मृतक ९ मध्ये ८ पुरुष र एक माहिला छन्। 

आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार ९ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परि १ सय ५६ जना गम्भीर घाइते भएका छन्। ९ जनामध्ये दुई जना सामान्य घाइते भएको र उनीहरूको भैरहवास्थित भीम अस्पताल तथा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा ३४ यात्रु सवार थिए। त्यसमध्ये २६ जना पुरुष, ६ जना महिला र २ बालिका रहेको प्रवक्ता पौडेलले बताए। 

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

corrent noodles
Metro Mart

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन्। बिहानको समयमा चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 05, 2022| 09:16 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।