सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • घनश्याममाथि कारबाही सिफारिसपछि योगेशले भने- आवेगमा लिइने निर्णय गलत

घनश्याममाथि कारबाही सिफारिसपछि योगेशले भने- आवेगमा लिइने निर्णय गलत

नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए। 

'अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध,’ योगेशले लेखेका छन्।

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारबाही सिफारिस  गरेको थियो।

प्रकाशित: Jun 05, 2022| 08:21 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...