बुधबार, वैशाख २, २०८३

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [तस्बिरहरू]

ललितपुरको जावलाखेलमा शनिबार साँझ रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोटो अवलोकन गरेकी छन्।
 |  शनिबार, जेठ २१, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ २१, २०७९

काठमाडौं– ललितपुरको जावलाखेलमा शनिबार साँझ रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोटो अवलोकन गरेकी छन्। भोटो हेर्न सर्वसाधारणको पनि घुइँचो लागेको थियो।

National life

गुठी संस्थानका प्रतिनिधिले भोटो देखाउने चलन रहेको छ। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। 

भोटो देखाएसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ। वैशाख शुक्ल प्रतिपदामा शुरु भएर असार शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। 



kumari