बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जिसस चुनाव सकेरमात्रै कार्यक्षेत्र छोड्न स्थानीय जनप्रतिनिधिलाई आयोगको निर्देशन

जिसस चुनाव सकेरमात्रै कार्यक्षेत्र छोड्न स्थानीय जनप्रतिनिधिलाई आयोगको निर्देशन

निर्वाचन आयोगले जिल्ला समन्वय समिति (जिसस)को चुनाव सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- निर्वाचन आयोगले जिल्ला समन्वय समिति (जिसस)को चुनाव सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गरी आयोगले जिससको चुनाव नसकिएसम्म जनप्रतिनिधिलक्षित गरी कुनै कार्यक्रम नराख्न पनि आग्रह गरेको छ।

केही दिनअघि नेकपा माओवादी केन्द्रले नवनिर्वाचित आफ्ना जनप्रतिनिधिलाई काठमाडौंमा बोलाएर दुई दिने प्रशिक्षण दिएको थिया। अन्य दलले पनि प्रशिक्षणको तयारी गरिरहँदा आयोगले सचेत गराएको हो।

हरेक जिल्लामा रहने जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। जिससको निर्वाचन कार्यक्रम सुरु भएपछि बीचमा रोक्न नमिल्ने भन्दै आयोगले जिसस निर्वाचन नसकिँदै जनप्रतिनिधि प्रभावित गर्ने गरी कार्यक्रम नराख्न आग्रह गरेको हो।



प्रकाशित: Jun 04, 2022| 06:54 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...