सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खेतीको समयमा मल अभाव हुँदा कृषक समस्यामा

खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्‍नु परेको छ। धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन्।
 |  शुक्रबार, जेठ २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

सुदूरपश्चिम- खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्‍नु परेको छ। धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन्। 

triton college

रासायनिक मल, भरपर्दो सिँचाई, र उन्‍नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ। धान खेती गर्ने समयमा देखिने रासायनिक मलको अभावले खेती कसरी गर्ने भन्‍ने समस्या आएको गुनासो उनीहरुको छ। 'एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौं भन्छ तर अर्को तर्फ कृषकलाई चाहिने मल समयमै उपलब्ध गराउन नसक्दा सरकारले कृषिमा दिएको प्राथमिकता नारामै सीमित बन्न पुगेको छ,'स्थानीय किसान टेकराज भट्टले भने।

रोपाइँ गर्ने समय आउन लाग्दा सरकारको अनुदानको मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा कैलाली जिल्लाका लागि डीएपी र युरिया मलको मौज्दात छैन। 

एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँ लगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेकोले खेती गर्दा यो मल प्रयोग गर्नै पर्ने वाध्यता रहेको कृषकको अनुभव छ। व्यवसायीले ढुवानी गर्नुपर्ने परिणामको मल यस अघि नै ढुवानी गरिसकेकोले सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको थप मल ढुवानीकर्ता व्यवसायी मार्फत् आउन नसकिरहेको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयका प्रमुख नबलसिंह बोगटीले बताए।

बोगटीले भने,'व्यवसायीले मल ढुवानी गर्न नमानेपछि सहकारी संस्थाका प्रतिनिधि आफै भैरहवा स्थित कृषि सामग्रीको कार्यालयमा पुगेर मल ल्याउने पहल थालेका छन्।'  कृषि सहकारी संस्था मार्फत् सरकारी अनुदानकोे रासायनिक मल कृषकलाई बिक्री वितरण हुने गरेको छ। कृषि सामग्रीको धनगढी स्थित कार्यालयमा युरिया मलको मौज्दात शून्य छ। पहाडी जिल्लाका लागि छुट्याइएको ५२ टन डिएपी मल मात्रै मौज्दात छ। धान र गहुँवालीमा तुलनात्मक रुपमा कम प्रयोग हुने पोटाँस २३३ मेट्रिक टन मौज्दात छ। 

Metro Mart
vianet

भैरहवामा हालै पुगेको सात हजार मेट्रिक टन डिएपी मल मध्ये सुदूरपश्चिम प्रदेशका लागि दुई हजार १६९ मेट्रिक टन छुट्याइएको छ। यो मध्ये डोटीका लागि ८०, कैलालीका लागि एक हजार ३७८ र १११ मे टन अन्य पहाडी जिल्लाका लागि छुट्याइएको जनाइएको छ। 

'सुदूरपश्चिमका लागि छुट्याइएको यो कोटा निकै कम हो,' बोगटीले भने, 'वर्ष भरिमा धान र गहुँ बालीका लागि मात्रै प्रदेशमा ५० हजार मे टन भन्दा बढी मलको आवश्यकता पर्छ।'

किसान भट्टले भने, 'धान रोपेको दिन नै खेतमा डिएपी प्रयोग गर्नु पर्ने हुन्छ, तर सहकारी संस्था र कृषि सामग्रीमा मल नभएपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ता लागेको छ।'

आफै मल ढुवानी गरेर ल्याउने सहकारी संस्थाको लागि कृषि सामग्रीको धनगढी कार्यालयले सिफारिश पत्र बनाइदिने गरेको छ। कृषि सामग्री कम्पनी लि. प्रादेशिक कार्यालय धनगढीले चालू आर्थिक वर्षको गत साउन देखि हालसम्म युरिया छ हजार ७४१ मे टन र डीएपी दुई हजार २४१ मेट्रिक टन र पोटाँस १६४मेट्रिक टन बिक्री वितरण गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कार्यालयले यो परिमाण भन्दा बढी मल विक्री गरेको थियो। प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको पाइन्छ। 

प्रकाशित: Jun 03, 2022| 22:00 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।