शनिबार, वैशाख २२, २०८१

युरोपको 'सुपर च्याम्पियन' अर्थात् रियल मड्रिड

युरोपका क्लबहरुले खेल्ने सबैभन्दा ठूलो महादेशीय प्रतियोगिता हो च्याम्पियन्स लिग। जहाँ विभिन्न देशका ३२ टिमको सहभागिता हुने गर्छ। शीर्ष क्लबहरुले मात्रै खेल्ने भएर पनि यो प्रतियोगितामा स्तरीय प्रतिस्पर्धा हुन्छ। यसकारण पनि विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको छ च्याम्पियन्स लिग।
 |  बिहीबार, जेठ १९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, जेठ १९, २०७९

यो सिजनका सबै युरोपियन फुटबल प्रतियोगिता सकिएका छन्। सबै घरेलु लिग, कप तथा महादेशीय प्रतियोगिता च्याम्पियन्सका साथै युरोपा लिग पनि सकिसकेको छ। अब केही समयका लागि यी क्लबहरुले विश्राम लिनेछन्। र, अरु वर्षको तुलनामा चाँडै सिजन पनि सुरु हुँदैछ।

triton college

युरोपका क्लबहरुले खेल्ने सबैभन्दा ठूलो महादेशीय प्रतियोगिता हो च्याम्पियन्स लिग। जहाँ विभिन्न देशका ३२ टिमको सहभागिता हुने गर्छ। शीर्ष क्लबहरुले मात्रै खेल्ने भएर पनि यो प्रतियोगितामा स्तरीय प्रतिस्पर्धा हुन्छ। यसकारण पनि विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको छ च्याम्पियन्स लिग। सिजनको समाप्तिसँगै सबै प्रतियोगिताले झैं च्याम्पियन्स लिगले विजेता पाइसकेको छ। र, यो सिजन उपाधि फेरि स्पेन फर्किएको छ। स्पेनिस महारथी रियल मड्रिडले उपाधि आफ्नो देशमा फर्काउन सफल भएको छ। फाइनलमा इङग्लिस प्रतिद्वन्द्वी लिभरपुललाई १-० गोलले पराजित गर्दै रियलले च्याम्पियन्स लिगको उपाधि कब्जा गर्यो।

युरोपियन फुटबलमा सबैभन्दा ठूलो इतिहास बोकेको टिम रियल मड्रिडले यसपटक सानदार प्रदर्शन गर्दै उपाधि जितेको छ। युरोपकै सबैभन्दा बलियो मानिएका टिमहरुलाई पाखा लगाउँदै रियलले प्रतियोगिता झन् स्मरणीय बनायो। युरोपकै बलिया टिमसँग भिडेको थियो रियल। त्यसैले पनि उसका लागि हरेक खेल फाइनलसरह रह्यो।

युरोपका क्लबहरुले खेल्ने सबैभन्दा ठूलो महादेशीय प्रतियोगिता हो च्याम्पियन्स लिग। जहाँ विभिन्न देशका ३२ टिमको सहभागिता हुने गर्छ। शीर्ष क्लबहरुले मात्रै खेल्ने भएर पनि यो प्रतियोगितामा स्तरीय प्रतिस्पर्धा हुन्छ। यसकारण पनि विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको छ च्याम्पियन्स लिग।

समूह चरणअन्तर्गत समूह डी मा रहेको रियलले प्रतिस्पर्धीका रुपमा इटालियन क्लब इन्टर मिलान, मोल्डोभन क्लब सेरिफ र युक्रेनी क्लब साक्तर डान्यास्क पायो। तुलनात्मक रुपमा रियललाई समूह चरण सहज थियो। होम एन्ड अवेको आधारमा सबै खेल सकिँदा रियलले १५ अंक बटुल्यो र समूहको शीर्ष स्थानमा रह्यो। उसले समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो। रियलले समूह चरणमा छ खेल खेल्दा पाँच खेलमा जित निकाल्यो भने एक खेलमा मात्रै पराजय भोग्यो। सेरिफविरुद्धको खेलमा रियल २-१ ले पराजित भएको थियो। त्यो हारले रियललाई यो वर्ष उपाधि दावेदारको रुपमा हर्न छोडिएको थियो। यद्यपि यो उसले समूह चरणमा व्यहोरेको एकमात्र हार हो। यसै समूहबाट दश अंक जोडेको इटालियन टिम इन्टर मिलान पनि अन्तिम १६ मा पुगेको थियो।

स्टार खेलाडीले भरिएको पिएसजी स्तब्ध

corrent noodles
Metro Mart

समूह चरणको विजेता बन्दै अन्तिम १६ मा पुगेको रियलले प्रतिस्पर्धी टिम पायो फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन्ट (पिएसजी)। लियोनेल मेस्सी, केलियन एम्बाप्पे र नेयमार जुनियर सम्मिलित टिम पिएसजी युरोपकै सबैभन्दा 'तुफानी' टिम थियो। सबैभन्दा धेरै स्टार खेलाडी भएको क्लब पनि। स्टार खेलाडीले भरिपूर्ण टिम पिएसजीलाई प्रतिस्पर्धी पाएपछि रियललाई कठिन हुने निश्चित थियो।

पहिलो लेग पिएसजीले घरेलु मैदानमा १-० ले जित्यो। त्यो हारपछि धेरैले सोचेका थिए अब रियलको दिन सकियो। किनभने अहिले च्याम्पियन्स लिग जित्नका लागि सबैभन्दा हतारिएको टिम पीएसजी पनि त थियो। उसलाई हराउनु चानचुने कुरा भएन।

पहिलो लेगमा पराजित भएपछि रियललाई दबाब बढ्ने नै भयो। तर दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा थियो घरेलु समर्थकमाझ। यसले चाहिँ रियललाई पुनरागमनको थोरै आश राख्ने बाटो दिएको थियो। रियलका हजारौं घरेलु समर्थकमाझ भएको खेलमा पिएसजीका एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर बनाए। रियललाई झन् दबाब थपियो।

तर खेलको दोस्रो हाफमा रियलका करिम बेन्जेमा घातक बने। बेन्जेमाले खेलको ६१ औं ७६ औं र ७८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै २-० ले पछि परेको टिमको स्थितिलाई उल्टाउँदै ३-२ को अवस्थामा पुर्याए। र, खेलको निर्धारित समय समाप्त भयो। स्टार खेलाडीविरुद्ध पुनरागमन जित निकाल्दै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गर्यो। रियलले पिएसजीको च्याम्पियन्स लिग जित्ने सबैभन्दा ठूलो सपनामा पूर्णविराम लगाइदियो।

अर्को चरणमा रियलको भागमा परेको टिम चेल्सी थियो। अघिल्लो सिजन चेल्सीले रियल मड्रिडलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो। उक्त सिजन चेल्सीले फाइनलमा म्यान्चेस्टर सिटीलाई हराएर उपाधि पनि जित्यो। यसपटक यी दुई टिमबीच क्वार्टरफाइनलमै भेट भयो। चेल्सीसँग खेल्नुअघि रियलको एउटै लक्ष्य थियो- अघिल्लो वर्ष व्यहोरेको हारको बदला लिने। र, उसले बदला लियो पनि।

इङग्लिस टिमविरुद्ध घातक

युरोपियन प्रतियोगितामा स्पेन र इङ्ग्लिस क्लबबीच कडा नै प्रतिस्पर्धा हुने गर्छ। विगतलाई हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ। यसपटक स्पेनिस रियल मड्रिडले तीन शीर्ष इङ्ग्लिस क्लबलाई नकआउट चरणमा पराजित गर्यो। क्वार्टरफाइनलमा चेल्सी, सेमिफाइनलमा म्यानचेस्टर सिटी र फाइनलमा लिभरपुललाई पराजित गर्दै रियलले एकपटक फेरि युरोपियन फुटबलमा स्पेनको विरासत सम्हालेको छ।

चेल्सीविरुद्ध पहिलो लेगमा करिम बेन्जेमाले सानदार ह्याट्रिक गर्दै ३-१ को जित दिलाए। दोस्रो लेग रियल ३-२ गोल अन्तरले पराजित भयो तर समग्र खेल ५-४ ले जित्दै रियल सेमिफाइनल प्रवेश गर्यो।

पहिलो लेगमा पराजित भएपछि रियललाई दबाब बढ्ने नै भयो। तर दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा थियो घरेलु समर्थकमाझ। यसले चाहिँ रियललाई पुनरागमनको थोरै आश राख्ने बाटो दिएको थियो। रियलका हजारौं घरेलु समर्थकमाझ भएको खेलमा पिएसजीका एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर बनाए। रियललाई झन् दबाब थपियो।

सेमिफाइनलमा रियलले प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध खेल्यो। सिटीको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियललाई ४-३ गोल अन्तरले पराजित गर्यो। तर दोस्रो लेगमा रियलले ३-१ गोलले जित्दै सानदार पुनरागमन गर्यो, र समग्र खेल ६-५ गोलले जित्दै फाइनल पुग्यो।

फाइनल पुगेको रियलले उपाधिका लागि लिभरपुलसँग खेल्यो। यसअघि नै दुई शीर्ष इङ्ग्लिस क्लबलाई पराजित गरिसकेको रियलले आफ्नो लयलाई कायम राख्दै लिभरपुललाई हरायो। फाइनल खेलमा भिनिसियस जुनियरले गरेको एकमात्र गोल जितका लागि पर्याप्त बन्यो। सन् २०१८ को फाइनलमा पनि लिभरपुललाई नै हराउँदै रियलले उपाधि जितेको थियो। लिभरपुलले यो सिजन पनि बदला लिन सकेन।

कार्लो एन्सेलोटी, बेञ्जेमा र कोट्वा

जिनेदिन जिदानको स्थानमा गत वर्षमात्रै रियल मड्रिडको प्रशिक्षक सम्हालेका कार्लोले च्याम्पियन्स लिगमा रियललाई पुरानै लयमा फर्काए। घरेलु लिग ला लिगाको उपाधि जिताइसकेका उनले क्लबलाई च्याम्पियन्स लिग पनि जिताए। सन् २०१५ मा रियल छाडेका कार्लोले रियलमा अवसर पाउने भएपछि इंग्लिस क्लब एभरटनको जागिर छोडेर स्पेन पुगेका थिए। कार्लोले पुनरागमन गरेको सिजन नै च्याम्पियन्स लिग जिताए। यसअघि सन् २०१४ मा रियलबाट च्याम्पियन्स लिगको उपाधि जितेका कार्लोस फेरि पनि च्याम्पियन्स लिग विजेता बने। यससँगै कार्लोसले आफ्नो प्रशिक्षण करिअरमा सर्वाधिक चारवटा च्याम्पियन्स लिग जित्ने कीर्तिमान बनाएका छन्।

त्यति मात्र होइन। उनी त अहिले पाँचै देशको शीर्ष डिभिजनको लिग जित्ने पहिलो प्रशिक्षक पनि बनेका छन्। उनले विभिन्न क्लबहरुबाट इटाली, स्पेन, फ्रान्स, जर्मनी र इंग्ल्यान्डको लिग जितेका थिए।  

फ्रेन्च फरवार्ड करिम बेन्जेमाको यो सिजन सबैभन्दा सानदार सिजन रह्यो। च्याम्पियन्स लिगमा पिएसजी र चेल्सीविरुद्ध ह्याट्रिक गरेका उनले सेमिफाइनलमा सिटीविरुद्ध दुई लेगमा महत्तवपूर्ण तीन गोल गरे। बेन्जेमा यो सिजन च्याम्पियन्स लिगको शीर्ष गोलकर्ता पनि हुन्। उनले यो सिजन लिगमा १५ गोल गरे। रियल मड्रिडले च्याम्पियन्स लिग जित्नुको मुख्य श्रेय बेन्जेमालाई नै जान्छ। खासमा यो वर्ष रियल पनि बेन्जेमामा निर्भर देखिन्थ्यो र बेन्जेमाले आफ्नो कर्तब्य राम्रोसँग निभाएका छन्। उनलाई यो वर्षको बालोन डी'ओरका हकदार समेत मानिएको छ। 

बेल्जियन गोलकिपर थियाउट कोट्वा च्याम्पियन्स लिगमा म्यान अफ दि म्याच भए। फाइनल मात्र होइन सिजनभर नै सानदार प्रदर्शन गरेर गोल पोष्ट बचाएपछि रियलको उपाधिको बाटो स्पष्ट भयो। फाइनलमा म्यान अफ द म्याच जितेका उनले लिभरपुलको खेलाडीहरुको नौवटा आक्रामक प्रहार बचाएका थिए। सिजनको सुरुवातदेखि राम्रो प्रदर्शन गरे उनले। पूरै सिजन सानदार खेल्दै स्मरणीय बनाए। उनी इङ्ग्लिस क्लब चेल्सीबाट सन् २०१८ मा रियल मड्रिड आएका हुन्। व्यक्तिगत रुपमा उनको रियलमा यो सबैभन्दा उत्कृष्ट वर्ष हो। उनी विश्वका उत्कृष्ट गोलकिपर मध्येका एक हुन्। फाइनलमा गरेको उनको प्रदर्शनले अझै यो कुरालाई पुष्टि गर्छ

कीर्तिमानी १४ उपाधि

रियल मड्रिड च्याम्पियन्स लिगको बादशाह हो। उसले खराब सिजनमा पनि उपाधि जित्छ। र, च्याम्पियन्स लिगमा आफ्नो रवाफ कायम राखेको छ। यो सिजनको च्याम्पियन्स लिग उपाधिसँगै रियल मड्रिडले कीर्तिमानी १४ पटक उपाधि आफ्नो नाम गर्यो। सन् १९५६ मा रियल पहिलो पटक युरोपियन कपको उपाधि विजेता भएको हो। त्यसपछि उसले लगातार चारपटक उपाधि जितेर आफ्नो खातामा १९६० मै पाँच उपाधि जम्मा पारिसकेको थियो।

१९६६ मा उपाधि जितेपछि फेरि जित्न भने उसले सन् १९९८ सम्म नै कुर्नुपर्यो। त्यो निकै लामो पर्खाइसमेत थियो। तर उसले सन् २००० यता सात उपाधि जितिसकेको छ। सन् २००० सँगै २००२, २०१४ मा पनि उसले उपाधि जित्यो। त्यस्तै २०१६, २०१७, २०१८ मा लगातार तीन उपाधि जितेर उसले उपाधिमा ह्याट्रिक गर्यो।

फ्रेन्च फरवार्ड करिम बेन्जेमाको यो सिजन सबैभन्दा सानदार सिजन रह्यो। च्याम्पियन्स लिगमा पिएसजी र चेल्सीविरुद्ध ह्याट्रिक गरेका उनले सेमिफाइनलमा सिटीविरुद्ध दुई लेगमा महत्तवपूर्ण तीन गोल गरे।

त्यसो त सन् २०१८ को उपाधिको रोमाञ्चकता रियलका समर्थकले अझैसम्म भुल्न सकेका थिएनन्। उसले यो वर्ष पनि उपाधि जितेर आफ्ना समर्थकलाई रमाउने अर्को बहाना बनाइदियो। यससँगै रियल १४ पटक च्याम्पियन्स लिग जित्दै सबैभन्दा धेरै उपाधि जित्ने टिम बनेको हो। रियल मड्रिडपछि सबैभन्दा धेरै च्याम्पियन्स लिग जित्ने टिम एसि मिलान हो। उसले सात पटक जितेको छ। लिभरपुल र बायर्न म्युनिखलाई एकै ठाउँमा राख्न सकिन्छ। उनीहरुले समान छ पटक जितेका छन्। र, रियलभन्दा धेरै पछि छन्। कुनै टिमलाई रियलको स्तरमा पुग्न अझैसम्म गाह्रो छ। रियल मड्रिड च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम हो। त्यसैले त उसलाई सुपर च्याम्पियन भन्न सकिन्छ।

बिर्सिइयो क्रिष्टियानो रोनाल्डो र जिदान

पोर्चुगिच स्टार तथा रियल मड्रिडका पूर्व खेलाडी क्रिष्टियानो रोनाल्डोले सन् २०१८ मा रियल मड्रिड छाडे। अर्को टिमबाट च्याम्पियन्स लिग जित्ने मनोकांक्षाका साथ उनी इटाली हानिए त्यहाँको लिग विजेता क्लबमा। त्यसै सिजन सकिएपछि प्रशिक्षक जिनेदिन जिदानले पनि क्लब छाडे। त्यसपछि रियल मड्रिड खस्किन थाल्यो। उसले च्याम्पियन्स लिग होइन, लिगमा पनि खासै राम्रो गर्न चाहिँ सकेन।

जिदानले आफ्नो तीन वर्षे (सन् २०१६,१०१७ र २०१८) प्रशिक्षण कालमा रियललाई लगातार तीन च्याम्पियन्स लिग जिताएका थिए। त्यसपछि फेरि सन् २०१९ मा रियल मड्रिडको प्रशिक्षण सम्हालेका जिदानले २०२१ मा क्लब छाडेका थिए। त्यस्तै, रोनाल्डोले पनि रियलका लागि चार च्याम्पिपयन्स लिग जिताएका छन्। रोनाल्डोले सन् २०१४, २०१६, १०१७ र २०१८ मा रियलबाट उपाधि जितेका थिए। रोनाल्डो र जिदानले क्लब छाडेपछि रियलको यो पहिलो च्याम्पियन्स लिगको उपाधि हो।

उनीहरुले छोडेपछि रियल कमजोर बनेको भन्दै आलोचना गर्नेहरुलाई यो उपाधिले स्तब्ध बनाएको छ। त्यसैले त अहिले रियलका समर्थक ती दुई लेजेन्डबिना पनि क्लबको प्रदर्शनमा विश्वस्त बन्दै गएका छन्।

- एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Jun 02, 2022| 15:49 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।