सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौंका मुख्य निर्वाचन अधिकृतको व्यंग्य– मेयरको दाह्री नफुल्दै प्रमाणपत्र दिन सक्यौं

काठमाडौंका मुख्य निर्वाचन अधिकृतको व्यंग्य– मेयरको दाह्री नफुल्दै प्रमाणपत्र दिन सक्यौं

काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले दाह्री नफुल्दै मेयर बालेन्द्र (बालेन) शाहलाई प्रमाणपत्र वितरण गर्न सकिएको भन्दै व्यंग्य गरेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले दाह्री नफुल्दै मेयर बालेन्द्र (बालेन) शाहलाई प्रमाणपत्र वितरण गर्न सकिएको भन्दै व्यंग्य गरेका छन्। 

National life

जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्न तथा शपथ ग्रहण गराउन सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले मतगणना ढिलो भएको स्वीकार्दै त्यसका लागि मतपत्र छपाइमै सुधार गर्नु पर्ने बताए। 

‘मतगणना ढिलो भएको भनेर विभिन्न गुनासा आए। गर्भमा रहेको छोराले बुबा खै भनेर आमालाई सोधेको र मतगणना गर्न गएर अहिलेसम्म नफर्किएको भनेर उडाइयो। प्रमाणपत्र दिँदा मेयरको दाह्री फुलेको सम्मका कुरालाई लिएर ट्रोल बनाइयो। हामीले दाह्री नफुल्दै प्रमाणपत्र दिन सक्यौं,’ उनले भने।

उनले निर्वाचन प्रक्रियाको काम कुशलतापूर्वक सम्पन्न गरेर नवनिर्वाचित जनप्रतिनिधिमा जिम्मेवारीको भारी बिसाएको प्रतिक्रिया दिए। नवनिर्वाचित जनप्रतिनिधिलाई आगामी पाँच वर्ष जनताको साथमा रहेर सक्रियतापूर्वक काम गर्न उनले सुझाव दिए। भने, ‘सफलतापूर्वक निर्वाचन सम्पन्न गरेर मैले तपाईंहरूमा जिम्मेवारीको भारी बिसाएको छु। मलाईं विश्वास छ तपाईंहरूले आगामी पाँच वर्ष जनताको माझमा रहेर सक्रियतापूर्वक काम गर्नुहुनेछ। अब हाम्रो काम सकियो, तपाईंहरुको सुरु भयो।’

नवनिर्वाचित पदाधिकारीहरूलाई उनले निर्वाचनको परिणाम चाँडो आउने प्रविधिको विकासमा ध्यान दिन पनि सुझाव दिएका छन्। ‘यसपटक निर्वाचनको परिणाम ढिलो आयो भन्ने व्यापक जनगुनासो सुनियो। यो प्रक्रिया र पद्धति फेरिनुपर्छ। यसतर्फ नवनिर्वाचित जनप्रतिनिधिको ध्यान पुगोस्। भोटिङ मेसिनको व्यवस्था गर्न सके यसमा सहज होला।’ त्यो अवस्थामा पुग्न नसके प्रमुख र उपप्रमुखको मतपत्र फरक फरक र फरक हुनुपर्ने उनको धारणा छ। त्यसो गर्न सकेमात्रै मतगणना गर्न चाँडो हुने उनी बताउँछन्। 

Shivam cement

‘आगामी दिनमा लामा कथा होइन, लघुकथा बुन्दाबुन्दै मतगणना सकियोस्। जे भए पनि नवनिर्वाचित प्रतिनिधिलाई माला लगाउन पाउँदा सबै पीडा भुलेको छु। सबैलाई बधाई तथा शुभकामना,’ उनले भने।

दुई दिन लगातार सार्वजनिक बिदा परेकाले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचन परिणाम आएको तीन दिनपछि पद तथा गोपनियताको शपथ लिएका हुन्।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल चुनिएका छन्।

प्रकाशित: May 30, 2022| 13:02 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...