सोमबार, असार ८, २०८३

शपथग्रहण समारोहमा माला लगाएनन् बालेनले

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

National life

निर्वाचन सम्पन्न भएको १८ दिनपछि मेयर शाहले आज निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै शपथ ग्रहण गरेका हुन्। 

उनलाई प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए। अधिकृतसँग नेपालीमा शपथ लिएपछि शाहले नेवारी भाषामा छुट्टै शपथ पनि लिएका थिए। 

आफूले शपथ लिएपछि मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराएका छन्। बालेनले नेपालीमा पढेको शपथ डंगोलले नेवारीमा उल्था गरेर पढेकी थिइन्।  

दुई दिन लगातार सार्वजनिक बिदा परेका कारण निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र जनप्रतिनिधिले शपथ लिएका हुन्। 

Shivam cement

यसैबीच, नवनिर्वाचित मेयर शाहले सपथ ग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अन्य नवनिर्वाचित जनप्रतिनिधिहरूले माला लगाउँदा उनको घाँटी भने खाली थियो। मेयर निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका शाहले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने प्रतिवद्धता जनाएका थिए। सोही अनुरुप उनले माला ग्रहण गर्न नचाहेका हुन्।

कार्यक्रममा उपस्थित बालेनकी पत्नी सविना काफ्लेले भने माला लगाएकी छन्।

प्रकाशित: May 30, 2022| 12:45 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...