काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनको १८ दिनपछि निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेका छन्। काठमाडौंका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले प्रमाणपत्र ग्रहण गरेका हुन्।
उनीहरूलाई मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए। दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि जनप्रतिधिले प्रमाणपत्र ग्रहण गरेका हुन्। राष्ट्रिय सभागृहमा शपथ ग्रहणपछि आजै उनीहरुले कार्यालयमा गएर जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौंको मेयर स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल चुनिएका छन्।