सोमबार, असार ८, २०८३

काठमाडौंका मेयर बालेनले लिए शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्। आज बिहान राष्ट्रिय सभागृहमा आयोजित समारोहमा शाहले शपथ ग्रहण गरेका हुन्।

National life

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

त्यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले मेयर, उपमेयरसहित सबै वडाका प्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका थिए।

दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र उनले पद तथा गोपनियताको शपथ लिएका हुन्। राष्ट्रिय सभागृहमा शपथग्रहण गरेपछि उनले आजै महानगरको कार्यालयमा पुगेर जिम्मेवारी सम्हाल्नेछन्।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट काठमाडौंको मेयरमा स्वतन्त्रबाट बालेन शाह चुनिएका हुन्। त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन्। पदभार ग्रहणपछि बोर्ड बैठक बसेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

Shivam cement


प्रकाशित: May 30, 2022| 11:48 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...