बुधबार, साउन २७, २०८३

त्रियुगा मेयरमा कांग्रेसका बसन्त बस्नेतको जित निश्चित

गणना हुन १ हजार ८०५ मत बाँकी रहेको अवस्थामा नै बस्नेत निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउतभन्दा भन्दा २ हजार २३ मतले अघि रहेकाले बस्नेतको जित पक्का भएको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित निश्चित भएको छ।

गणना हुन १ हजार ८०५ मत बाँकी रहेको अवस्थामा नै बस्नेत निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउतभन्दा भन्दा २ हजार २३ मतले अघि रहेकाले बस्नेतको जित पक्का भएको हो। 

हालसम्म ३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३ हजार २६३ मत ल्याउँदा एमालेका राउतको ११ हजार २३२ मत पाएका छन्। 

उपमेयरमा भने एमालेकी महेश्वरी राईले कांग्रेसकी सरिता राईलाई पछि पारेकी छन्। महेश्वरीले १२ हजार  ८७६ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ४५१ पाएकी छन्।

प्रकाशित: May 30, 2022| 11:04 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...