बिहीबार, चैत १२, २०८२

प्रिमियर लिगमा हेरिएका शीर्ष ६ खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
 इंग्ल्याण्ड- शुक्रबार रातिबाट शुरु भएको प्रिमियर लिगलाई यो बर्ष कस्ले जित्ला भन्ने आंकलन लिग शुरु हुनु भन्दा पहिले नै गर्न थालीएको थियो। यतिमात्र होइन क्लबहरुले पनि आफ्नो टिमलाई बलियो बनाउन थुप्रै खेलाडी किनबेच समेत गरे। जसले आफुले चाहे अनुरुपको टिम बनाउन सक्ने आशा गरेका छन्। प्राय प्रिमियर लिग टिमको भाग्य एक खेलाडीमा निर्भर हुन सक्छ। तर, प्रिमियर लिगका ६ खेलाडी छन् जसले आफ्नो क्लबका लागि अदभुत प्रदर्शन गर्न सक्छन्।

६. रयान सेसेग्नन फुल्हाम

फुल्हामले यस सिजन रयान सेसेग्ननलाई आफ्नो टिममा राख्नु उसका लागि सबै भन्दा राम्रो हुने छ । १८ बर्षीय विंगर सेसेग्नन क्लबका शिर्ष गोलकर्ता हुन । उनले प्ले–अफमाखेल्दै शिर्ष गोलकर्ता बनेका थिए। यदि फुल्हाम यस सिजनमा रहन चाहन्छ भने उसका लागि सेसेग्नन महत्वपुर्ण हुने छन् । प्रिमियर लिगका लागि फुल्हाम नयाँ टोली हो।

५.केभिन डे ब्रुयन म्यानचेस्टर सिटी

पस मास्टरको उपनाले चिनिने केभिन डे ब्रुयन यो सिजन प्रिमियर लिगको महत्वपुर्ण खेलाडीको रुपमा हेरिएको छ । उनले लिगमा सबैभन्दा धेरै पास उपलब्ध गरेका छन् । उनी गत सिजन इतिहादमा बर्षको उत्कृष्ट खेलाडी थिए। अफ्टेरो स्थीतिमा पास मिलाउनु र लामो दुरीबाट गोल गर्न सक्ने अदभुत क्षमता भएका केभिन डे ब्रुयन यस सिजन कुनै पनि टिमका लागि खतरा हुन सक्छन्।

४. विलफ्रेड जाहा- क्रिष्टल प्यालेस

डिफेन्डरको हकमा विलफ्रेड जाहालाई रोक्नका लागि एक व्यक्तिले मात्र पुग्दैन । किनकी उनको गति यस्तो छ की कुनै समयमा पनि जुनसुकै क्लबलाई पछि पार्न सक्छ । पछिल्लो बर्षमा जस्तै प्यालेसको अस्तित्व जाहामा निरर्भर रहेको पाईन्छ । २५ बर्षीय जाहाले क्रिष्टल प्यालेसमा प्रिमियर लिगका चार सिजन बिताएका छन्।

३. डिओगो जोटा- वुल्भ्स

कुनै पनि क्लबको लिगमा अस्तित्व रहनाका लागी गोलको आवस्यकता पर्दछ। त्यसैले वुल्भ्सका लागि जोटा सहि व्यक्ति हुन। कैयौ पोर्चुगली स्टार मध्ये जोटा एक हुन । २१ बर्षीय जोटाले १७ गोल गर्दै वुल्भ्स च्याम्पियनसिप लिगमा पहिलो भएको थियो। जसकारण वुल्भ्स प्रिमियर लिगका लागि क्वजालिफाईट भयो । प्रिमियर लिगलाई जिवित राख्न जोटाको आवस्यकता धेरै छ।

२. इडेन हाजार्ड- चेल्सी

न्यु चेल्सी म्यानेजर माउरिजिओ सारीसँग पहिलेनै इडेन हाजार्डको नाम शिर्ष ११ को पहिलो स्थानमा छ । किनकी केल्जियम मिडफिल्डर हाजार्ड जस्तोसुकै अवस्थामा पनि खेल बदल्न सक्ने क्षमता राख्द छन्। एक सिधा र शक्तिशाली रनर हाजार्ड आफ्नो प्रतिद्धोन्दी विरुद्ध जुनसुकै अवस्थामा पनि समस्य निम्त्याउन सक्छन् । उनी विश्वकपको उच्च प्रदर्शनबाट एक फममा देखिएका छन्।

१. मोहमद सलाहा- लिभरपुल

प्छिल्लो बर्षको प्रिमियर लिगका स्टार खेलाडी हुन मोहमद सलाहा। यस सिजनलाई चुनौति दिन सलाहाले आफ्नो अविस्वासनिय प्रदर्शलाई पुनः जिवित गर्नु पर्ने देखिन्छ । लिभरपुलले यस सिजनमा आफ्नो टिमलाई मजबुद बनाएको छ । तरपनि सलाहा लिभरपुलका मुख्य व्यक्ति हुन । उनी पछिल्ले सिजनमा गरेको ३२ गोल भन्दा पनि राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।