बुधबार, साउन २७, २०८३

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने नवनिर्वाचित मेयरको घोषणा

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। 

गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रूपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्त्व हुने विचार राखे। 

‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ। विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्त्वपूर्ण माध्यम हो। हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौं।’

मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरू बनाएर नगरपालिकालाई खेलकुद नगरका रूपमा स्थापित गर्ने बताए। 

‘सरकार, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र विभिन्न राष्ट्रिय खेल संघहरू रंगशाला, कभर्डहल र एकेडेमी बनाउनका लागि ठाउँ भएन भनेर गुनासो गरिरहेका छन्। हामीसँग नगरपालिकाभित्र थुप्रै खाली जग्गाहरू छन्, जहाँ खेलकुदका पूर्वाधार बनाएर कागेश्वरी मनोहरालाई खेलकुद सहरका रूपमा चिनाउन सकिन्छ,’ उनले थपे, ‘कागेश्वरी मनोहरा खेलकुदकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिनेछ।’

संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा खेलकुदका आधुनिक तथा सुविधासम्पन्न एकेडेमी र रंगशाला तथा कभर्डहल बनाएर त्यसको मुनाफा सबै पक्षले बाड्ने मोडलमा काम गर्ने उनले बताए।

प्रकाशित: May 30, 2022| 08:48 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...