सोमबार, असार ८, २०८३

काठमाडौं महानगरका मेयर र उपमेयरले आज पदभार सम्हाल्ने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज पदभार सम्हाल्ने भएका छन्। उनीहरूसहितका जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका हुन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज पदभार सम्हाल्ने भएका छन्। उनीहरूसहितका जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका हुन्।

National life

आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ। सोमबार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।

त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन्। मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमै हुनेछ।

त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ। त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले बताए।

प्रकाशित: May 30, 2022| 06:48 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...