सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • म ६८ वर्ष पुग्न लागे, वृद्धभत्ता लिन्न : पूर्वप्रधानमन्त्री भट्टराई

म ६८ वर्ष पुग्न लागे, वृद्धभत्ता लिन्न : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता दिने उमेर घटाएकोमा आपत्ति जनाएका छन् ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता दिने उमेर घटाएकोमा आपत्ति जनाएका छन् ।

National life

आर्थिक वर्ष २०७९/०८० को बजेटमा रूपान्तरकारी ढंगका योजना आउन नसकेको भन्दै उनले विरोध जनाएका हुन् । संसदमा बजेट पेस भइसकेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले रूपान्तरणकारी ढंगका योजना आउन नसकेको बताएका हुन् ।

उनले ६८ वर्षमा वृद्ध भत्ता दिने घोषणाको विरोध गर्दै आफूले पनि वृद्धभत्ता नलिने जनाएका छन्। 'एउटा कुरा मैले भन्नपर्छ। म पनि अब ६८ वर्ष पुग्दैछु। बृद्धभत्ता दिने उमेर घटाउनु आवश्यक थिएन,' उनले भने।

छरिएका सामाजिक सुरक्षा भत्ताभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्ने भट्टराईको धारणा छ। गरिब देशको वृद्धभत्ता ग्रहण गरेर जनतामाथि बोझ थोपर्न आफूले नचाहेको उनको भनाइ छ।

प्रकाशित: May 29, 2022| 20:59 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...