काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खगराज अधिकारीले गठबन्धन सरकारले ल्याएको बजेटले आफूलाई निराश तुल्याएको प्रतिक्रिया दिएका छन्। सरकारले कार्यान्वयन गर्न नसक्ने निराशाजनक बजेट ल्याएको अधिकारीको टिप्पणी छ।
एमाले संगठन विभाग प्रमुखसमेत रहेका उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिसकेपछि संसद भवनमा पत्रकारको प्रतिक्रियामा सरकारले ल्याएको बजेट विश्वसनीय नभएको उल्लेख गरेका हुन्।
बजेटले आर्थिक संकट समाधानबारे बोल्नै नसकेको उनको टिप्पणी छ। 'गठबन्धन सरकारले वितरणमुखी बजेट ल्याएयो। ठूला विकास परियोजना र आर्थिक सुशासनको सवालमा बजेटले निराश पारेको छ,' उनले भने।
एमालेलाई कनिका छर्ने बजेट ल्याएको आरोप लगाएका दलहरूले वितरणमुखी बजेट ल्याएको उनको टिप्पणी छ।