बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड- शुक्रबारबाट शुरु भएको इंग्लिस प्रिमियर लिग फुटबल अर्न्तगत सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगमा युनाइटेडले लेस्टर सिटीलाई २-१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र लुका साले गोल गरे भने लेस्टरका जेमी भार्डीले एक गोल फर्काएका थिए।

युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो। पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाउन सफल भएका थिए । आफैले डि–बक्समा बल क्रस गर्दा लेस्टरका अमारटेले ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो। 

पहिलो हाफमा १ गोल मात्र भएको खेलमा दोस्रो हाफमा दुई गोल भए । दोस्रो हाफमा युनाइटेडमाथि लेस्टर हावी बनेको थियो। तर, ८३ औं मिनेटमा लुका सा ले गोल गरेपछि युनाइटेडले २–० को अग्रता बनायो। माटाले दिएको चिप पासमा लुकाले सहजै गोल गरेका थिए। 

इन्जुरी समयमा जेमी भार्डीले गोल गरेपनि त्यो लेस्टरको जितका लागि पर्याप्त बनेन। युनाइटेडले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । प्रिमियर लिग अन्र्तगत आज (शनिबार) ६ खेल हुदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।