काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन्।
आर्थिक वर्ष २०७९-०८० को बजेट भाषणपछि संसद् भवनबाट बाहिरिँदै डा. भट्टराईले आफूले वृद्धभत्ता नलिने घोषणा गरेका हुन्। उनले भने, 'सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको छ। तर, म यो वृद्धभत्ता लिन्नँ।'
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा बजेट भाषण गर्दै सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिकलाई ६८ वर्षमा नै वृद्ध भत्ता दिने बताएका हुन्। त्यसैगरि वृद्धभत्ता नलिने स्वघोषणा गरेकाहरुलाई राष्ट्रले सम्मान गर्नेसमेत बताएका छन्।