सोमबार, असार ८, २०८३

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन्। महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यलगायतले शपथग्रहण गर्नेछन्।

सोमबार बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेन शाहलाई शपथग्रहण गराउने कार्यक्रम छ। त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिलाई शपथग्रहण गराउनेछन्।

राष्ट्रिय सभागृहमा हुने शपथग्रहण कार्यक्रमपछि मेयर शाह र उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन्। महानगरका ३२ वडामध्ये १९ वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ। नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडाको नेतृत्व पाएको छ।

प्रकाशित: May 29, 2022| 11:50 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...