सोमबार, असार ८, २०८३

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान गरिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान गरिएको छ।

National life

सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ।

बैठकले संसद्‌मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ। सरकारले आइतबार नै आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ।

दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: May 29, 2022| 10:34 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...