सोमबार, असार ८, २०८३

गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन्।

National life

गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न शासन मध्ये गणतन्त्र एक उत्कृष्ठ शासन व्यवस्था भएको बताएका हुन्।

अब संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतक दल र जनताले सहयोग आवश्यक रहेको उनको तर्क थियो।

गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको देउवाले धारणा राखे।

वि.स.२०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको उनले बताए।

Shivam cement

उनले स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको पनि बताए।

हालै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवाराण्मा सम्पनन भएको र यसै वर्ष प्रदेश र संघीय संसदको निर्वाचन पनि गरिने प्रधानमन्त्री देउवाको भनाइ छ।

उनले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुकलाई अगाडि बढाइरहेको बताए।

उनले नागरिक अधिकार प्राप्तिका लागि भएका राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रकाशित: May 29, 2022| 09:18 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...