सोमबार, असार ८, २०८३

समृद्धिको आकांक्षा पुरा गर्ने पार्टी एमाले : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन्। 

National life

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। जनविरोधी शक्तिहरूका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ।

‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो,’ ओलीको सन्देशमा भनिएको छ,  ‘यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो।’ 

यसै परिवर्तनपछि नेपालले संघ, प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ।

प्रकाशित: May 29, 2022| 08:08 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...