मंगलबार, असार ९, २०८३

संविधान जारी भएपछि १६१ ऐन निर्माण

नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ। सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ। सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ।

National life

नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख छ। 

मौलिक हक कार्यान्वयका लागि आवश्यक पर्ने २४ वटा ऐन जारी भएको र उक्त ऐनअन्तर्गतका नियमावलीहरु जारी भएको छ। मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ जारी गरी यस आवदेखि पुरस्कार वितरणको सुरुआत गरिएको उल्लेख छ।

प्रगति विवरणमा एकीकृत कानुनी सहायता नीति, २०७६ जारी भएको र पाँचवटा विधेयकको अवधारणापत्रका सैद्धान्तिक सहमति तथा १० वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति प्रदान गरिएको, नियमावली, गठन आदेश, निर्देशिका गरी ३९ वटा कानुन मस्यौदा तर्जुमा तथा सहमति प्रदान गरिएको उल्लेख छ। न्याय सम्पादनमा अदालतमा हुने लामो अदालती प्रक्रियालाई छिटो र सरल बनाउन एक अध्ययन कार्यदल गठन गरी सो कार्यदलबाट प्रतिवेदनसमेत प्राप्त भइसकेको उल्लेख छ।

प्रकाशित: May 28, 2022| 23:50 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...